सशष्त्र प्रहरीद्वारा एक करोड मूल्यको चिनी र चामल बरामद

यति ठूलो परिमाणमा भन्सार छलीको सामान बरामद भएको यो आर्थिक वर्षमा पहिलो भएको सशष्त्र प्रहरीको भनाई छ ।


appharu

२३ भाद्र २०७९, बिहीबार १९:२१ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देहीका दुई स्थानबाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशष्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामल सहित २ वटा ट्रक बरामद गरेको सशष्त्र प्रहरी बल नं. २७ गण हेड क्वार्टर रुपन्देहीले जनाएको छ । ट्रक सहित बरामद सामानको बजार मुल्य एक करोड अठ्तीस हजार पाँच सय रुपैयां रहेको रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए । सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा भित्राइएको केएससीएम ब्राण्डको भारतिय चिनी फेला परेको थियो । उक्त ट्रकका चालक प्युठानको माण्डवी गाउंपालिका ३ नयाँगाउका बिनोद थापालाई नियन्त्रणमा लिई कार्वाहीको लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताए । यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जांदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताए । उक्त ट्रकका चालक भने फरार भएको उनले बताए । यति ठूलो परिमाणमा भन्सार छलीको सामान बरामद भएको यो आर्थिक वर्षमा पहिलो भएको सशष्त्र प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्