बुटवलको तिनाउमा एक अर्बको सिग्नेचर पुल : साकार हुंदै सांसद पौडेलका ड्रिम प्रोजेक्ट

विश्व बैंकबाट ३५ अर्ब बजेट सुनिश्चित


appharu

३० भाद्र २०७९, बिहीबार ११:४१ मा प्रकाशित

पालिकापत्र, बुटवल । पुर्व अर्थमन्त्री एवं रुपन्देही२ का सांसद विष्णु पौडेलले अघि सारेका तिनाउ पुलमा सिग्नेचर ब्रिज ( कलात्मक पुल) सहित सडक विस्तार आयोजनाहरु साकार हुने चरणमा आइपुगेका छन् ।

पौडेलका ड्रिम प्रोजेक्ट अन्तर्गत बुटवल–गोरुसिंगे सडक विस्तार अबको केही दिनमै ठेक्का लाग्नेगरी काम अगाडि बढेको सडक विभागका डिजी अर्जुन थापाले जानकारी दिए । स्रोतको सुनिश्चित भइसकेको र डीपीआरसमेत तयार भइसकेकाले अबको केही दिनमै बुटवल–गोरुसिङ्गे सडकलाई चार लेनमा बिस्तार गर्न ठेक्का आह्वान गरिने डिजी थापाको भनाइ छ । गोरुसिङ्गे–चन्द्रौटा बीचको करिब १४ किलोमिटर सडकको डीपीआर बनिरहेकाले पहिलो चरणमा बुटवलदेखि गोरुसिङ्गेसम्मको सडकको ठेक्का गरिने छ । यस्तै तिनाउको सिग्नेचर पुल र चन्द्रौटासम्मको सडकका लागि ३५ अर्ब रकमको स्रोत सुनिश्चित भइसकेको बताए ।

विश्व बैंकको सहयोगमा बुटवलको तिनाउ नदीमा आकर्षक र आधुनिक सिग्नेचर पुल बन्दैछ । भारतीय कम्पनीले आर्किटेक र स्वीस दातृ निकायले स्ट्रक्चर डिजाइन गरिरहेको छ । यी दुवै कम्पनीका प्रतिनिधिले विभिन्न चरणमा बुटवलको वस्तुस्थितिको अवलोकन गरिरहेका छन् ।

सिग्नेचर पुलले जितगढी किललासहित १०५ वर्ष पुरानो मस्जिद, राधाकृष्ण मन्दिर, फूलबारी लगायत पर्यटकीय र धामिर्क स्थलमा पर्यटन विकासमा ठूलो योगदान गर्ने विश्वास गरिएको छ ।

पहिलो चरणको छलफल भएको करिब ९ महिनापछि विश्व बैंकको टोलीसहित परामर्शदाताहरुले पुलको सम्भावित क्षेत्रको फेरि अवलोकन गरेका छन् । पहिलो चरणको अवलोकनका क्रममा नेता पौडेल र त्यसबेलाका बुटवलका मेयर शिवराज सुवेदीलगायतका नेताहरु सँगसँगै थिए । पुलकै लागि विज्ञहरुको टोलीले यहाँका अहिलेका जनप्रतिनिधि, प्राविधिकहरुसँग पनि सुझाव संकलन गरेका छन् ।

विश्व बैंक दक्षिण एशिया शहरी विकास इकाईकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताएका छन् ।

ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पु¥याउने उनको विश्वास छ ।

सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गर्नुभएको थियो ।

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले ९ वटा पुलका लागि विनियोजन भएको रकम काटेर नारायणघाटमा मात्र एउटा सिग्नेचर व्रिज बनाउने गरी बजेट संशोधन गरेपछि अर्थमन्त्रालयमा तनाब सिर्जना भएको थियो ।

अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पना अनुसार सिग्नेचर ब्रिजको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत हुन वाध्य भएका थिए । . सोही अनुसार सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा पुल बनाउने तयारी गरेको हो ।

के हो सिग्नेचर ब्रिज ?

पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरुमा इन्जिनियरहरुले सिग्नेचर ब्रिज डिजाइन गर्ने गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदी सिग्नेचर ब्रिजको रुपमा परिचित छन् । “यो पुल जहाँपायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्रै बनाइन्छ”, बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इ. गौतम रौनियारले बताए ।

लागतको हिसाबले निकै महंगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ । भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर पुल हुन् ।

सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ । त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ । पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ । सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ । यो व्रिजको विचमा पिलर बनाएर पुरै भागलाई तारले धानेको हुन्छ भन्नुहुन्छ, इ.रौनियार ।

विदेशतिर बन्ने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरिय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ । आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ । निर्माणको क्रममा स्टिलसँगै उच्चस्तरको कंक्रिट सामग्री प्रयोग गरिन्छ ।

सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन् । सिग्नेचर पुलको सफलतापूर्ण निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भुगोल, पुल बन्ने स्थान आदी विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ । सिग्नेचर पुल निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ ।

हेर्दा आर्कषक, कलात्मक हुने हुँदा सिग्नेचर पुल अन्य पुल भन्दा फरक खालको हुन्छ । नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरु मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरु आकर्षित गर्ने छ ।

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर व्रिजले करिब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्यकरण गर्ने तयारी छ । यो क्षेत्रमा पर्ने जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेत समेटेर सौन्दर्यकरण गरिने छ ।

पौडेलले सुरुदेखि नै तिनाउमा आकर्षक सिग्नेचर पुल बनाउने परिकल्पना गरेका थिए । नेता पौडेलकै पहलमा तिनाउ र दानव नदीमा डेढ दर्जन जति पुलको निर्माण सम्पन्न भइसकेको छ । तिनाउमा नयाँ, आकर्षक र आधुनिक प्रविधिको पुल बनाउनपर्छ भनेर सुरुदेखि नै लागेको र विश्व बैंकबाट आर्थिक स्रोतको ग्यारेन्टी भएपछि बुटवललाई नै पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको पौडेलको भनाइ छ । विश्व बैंकको टोली र परामर्शदाताको टोलीले सुरुदेखि नै पूर्वअर्थमन्त्री पौडेलसँग समन्वय र छलफल गर्दै आएको थियो ।

नेपालको पुल महाशाखाले प्रस्ताव गरेका १० मध्ये पहिलो काम बुटवलमा चलिरहेको छ । एमाले नेता विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्दा राजमार्ग विस्तार, तराईका सदरमुकाम जोड्ने सडक विस्तार र तिनाउमा हरियाली क्षेत्र, फुटपाथसहित चार लेनको आकर्षक सिग्नेचर पुललगायतका ड्रिम प्रोजेक्टहरुको परिकल्पना गरेका थिए । पौडेलका ती प्रोजेक्टहरुमध्ये कतिपय साकार भइसकेका छन् । विज्ञ तथा दातृ निकायसँग संकल्प शेयर गर्दै सहकार्यको आह्वान गरेका थिए ।

पछि त्यसलाई केपी ओली नेतृत्वको सरकारले निष्कर्षमा पु¥याएको हो । त्यतिबेला पौडेल नै अर्थमन्त्री थिए । उक्त प्रस्तावलाई विश्व बैंकले स्वीकार गर्दै सिग्नेचर पुलका लागि तयार भएको हो । बुटवलको तिनाउमा ‘सिग्नेचर’ पुल निर्माणको सुरुआतको लागि विश्व बैंकले सहयोग गर्ने घोषणा केही वर्षअघि नै गरेको थियो । चार पुलका लागि विश्व बैंकले चार अर्ब लगानी गर्ने सुनिश्चितता गरिसकेको छ । ती चारमध्ये पनि पहिले बुटवलबाटै काम सुरु भएको छ ।

नेता पौडेलले सुरुदेखि नै तिनाउमा आकर्षक सिग्नेचर पुल बनाउने परिकल्पना गरेका थिए । नेता पौडेलकै पहलमा तिनाउ र दानव नदीमा डेढ दर्जन जति पुलको निर्माण सम्पन्न भइसकेको छ । तिनाउमा नयाँ, आकर्षक र आधुनिक प्रविधिको पुल बनाउनपर्छ भनेर सुरुदेखि नै लागेको र विश्व बैंकबाट आर्थिक स्रोतको ग्यारेन्टी भएपछि बुटवललाई नै पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको पौडेलको भनाइ छ । विश्व बैंकको टोली र परामर्शदाताको टोलीले सुरुदेखि नै पूर्वअर्थमन्त्री पौडेलसँग समन्वय र छलफल गर्दै आएको थियो ।

अहिले तयार भएको प्रारम्भिक चरणको आर्किटेक र स्ट्रक्चर डिजाइनका बारेमा सुझाव लिने र वस्तुस्थितिका बारेमा सरोकारवालाहरुसँग अर्को चरणको छलफल गरेको छ । आधुनिक पुलको आकर्षक डिजाइन पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले बुटवलका सरोकारवालासँग परामर्श तीव्र गरिरहेका छन् । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन भइरहेको छ । डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले यहाँका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श गरेका हुन् ।

भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइनको प्रारम्भिक खाका तयार पारेर सोही आधारमा सुझाव संकलन गरेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ । यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ । उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका चार ठाउँमध्ये बुटवलबाटै पहिलो काम सुरु भएको, कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको र आवश्यक स्रोतको समेत सुनिश्चितता भइसकेको जानकारी दिए ।

ओली नेतृत्वको सरकारले ०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो । राजनीतिक अस्थिरता र कोभिड महामारीलगायतले प्रभावित भएको यो परियोजना भने ढिलोगरी अगाडि बढाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको तिनाउ नदीको हालको पुललाई विस्थापित गरेर जितगढी, त्यस आसपासमा रहेको सम्पदा संरक्षणका योजनालाई समेत प्रवद्र्धन गर्नेगरी पुलको डिजाइन गर्न यहाँका जनप्रतिनिधिले सुझाव दिएका छन् ।

नेपालमा पुल प्रविधिको आधुनिकीकरणलाई पनि सहयोग पुग्ने गरी आकर्षक पुलहरु बनाउन गरिएको संकल्पलाई साकार पार्ने काममै केन्द्रित रहेको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । नेता पौडेलकै नेतृत्वमा पुल प्रविधिको आधुनिकीकरण र सडकमा सुरुङ मार्गको सोंचलाई बुटवलमा साकार पार्ने कामले मूर्त रुप लिने भएको छ । तिनाउमा सिग्नेचर पुल बन्नेछ भने सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्नेछ । सुरुङ मार्ग भने नेपाल आफैँले बनाउने गरी स्रोत सुनिश्चित भएको थियो ।

कहाँ–कहाँ प्रस्ताव भएको थियो सिग्नेचर पुल ?

सडक विभागका अनुसार तिनाउ नदी बुटवल, नारायणी नदी चितवन,, विजयपुर खोला ९कास्की, रतुवा खोला दमक, गछियाखोला मोरङ, तमोर नदी धनकुटा सडक, धरान, बाग्मती नदी शंखमूल, काठमाडौँ, रोहिणी नदी भैरहवा, बकैया नदी मकवानपुर र बाग्मती नदी सर्लाही–रौतहटमा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग ऋण सम्झौता भएको थियो ।

तर पहिलो चरणमा बुटवलसहित चार ठाउँको मात्र आर्थिक स्रोत सुनिश्चित भएको छ । यी चारै ठाउँमा सिग्नेचर पुल बनाउन डिजाइन अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । विभागको वैदेशिक महाशाखाले करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गर्दै विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको थियो । पुल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अहिले पहिलोपटक बुटवलमा मात्रै डिजाइन सकेर सुझाव संकलनका चरण अगाडि बढेका छन् ।

राजमार्ग विस्तारअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्मको एउटा चरण र त्यसदेखि पश्चिम महेन्द्रनगर गड्डाचौकीसम्मका तीन चरण गरी राजमार्ग विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने संकल्प ओली नेतृत्वको सरकारले गरेको थियो । यसलाई चारदेशीय परियोजना बीबीआइएनले अगाडि बढाएको छ । पुल महाशाखाबाट यसको सर्भे भइरहेको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो कामको संकल्प पनि अर्थमन्त्री बनेका बेलामा नेता पौडेलले नै गरेका थिए । खासगरी बुद्ध जन्मस्थल नेपाल र लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित नेपालका क्षेत्र र छिमेकी भारतका सामेत क्षेत्रलाई एउटै सडक सञ्जालमा जोड्ने गरी बौद्ध पथ नाममा सडक विस्तार गर्ने सोंचका साथ काम भइरहेको छ ।

तिनाउ नदीमा बन्ने सिग्नेचर पुललाई पनि सोही रोड कनेक्टिभिटीको एउटा माध्यमका रुपमा लिइएको छ । नेपाल स्ट्राटेजी रोड्स कनेक्टीभिटी एउड ट्रेड इम्प्रूभमेन्ट प्रोजेक्ट तथा नेपाल–भारत क्षेत्रीय व्यापार र यातायात प्रोजेक्टअन्तर्गत निर्माण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्