चुनावको मुखमा जसपा र लोसपाका ५ सांसद एमाले प्रवेश


appharu

१ आश्विन २०७९, शनिबार १७:१९ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ५ जना सांसदहरु नेकपा एममाले प्रवेश गरेका छन् । दुबै पार्टी क्षेत्रीयता, जातियता र परिवारवादमा फसेको र मुलुकलाई सही नेतृत्व दिन सक्ने शक्ति एमाले मात्रै भएको भन्दै ती सांसदहरुले एमाले रोजेको प्रतिक्रिया दिएका छन् । एमाले प्रवेश गर्नेहरुमा मधेस प्रदेशकी जसपा सांसद डा. रीना यादव , जसपाकै सांसद अन्जु कुमारी यादव र रुही नाज पनि एमाले प्रवेश गरेका छन् । रुही नाज प्रतिनिधि सभा सदस्य हुन् भने अन्जु प्रदेश सभा सदस्य हुन् । उनीहरु दुवैलाई एमाले अध्यक्ष अ‍ोलीले पार्टीमा स्वागत गरे ।

मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । पर्साबाट प्रत्यक्ष निर्वाचित गिरी अध्यक्ष ओलीलाई भेटेर एमालेमा प्रवेश गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा २ बाट निर्वाचित भएका र हाल लोसपाको प्रमुख सचेतक रहेका उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

अरगरीयासँगै जसपा र लोसपाका अन्य सांसदहरु समेत एमाले प्रवेशका लागि संवादमा रहेको बताइएको छ । पर्साबाट निर्वाचित विमल श्रीवास्तव लगायतका नेताहरु समेत एमालेसँग संवादमा छन् ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका नेकपा एसका सासद तारा लामा तामाङलगायत पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्