कांग्रेसका भिजनरी नेता डा. भुसाल भन्छन् – सत्ता र पैसाको बलमा चुनाव जित्न सकिन्न


appharu

३ आश्विन २०७९, सोमबार ०८:०३ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाली कांग्रेस गुल्मीका भिजनरी नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले पार्टीहरुभित्र चुनावका बेला नेताको घर दैलोमा धाएर / रिझाएर टिकट हात पार्ने र सत्ता र पैसाको बलमा चुनाव जितिन्छ भन्ने सपना नदेख्न सचेत गराएका छन् । यस्तो प्रवृत्तिले चुनाव जित्न नसकिने र गठबन्धन गर्नुको पनि औचित्य नहुने उनको तर्क छ । उनले योग्य व्यक्तिले टिकट पाए मात्र चुनाव जित्न सक्ने र गठबन्धनको औचित्य हुने उल्लेख गरेका छन् । हचुवाको भरमा उम्मेदवार उठाउंदैमा गठबन्धनले चुनाव नजित्ने उनले औंल्याएका छन् ।
डा. भुसालले यस्तो लेखेका छन् –
मैले नबुझेको कुरा
गठबन्धनले मंसिर ४ पछि निर्माण गर्ने सरकारका लागि गठवन्धनका तर्फबाट उम्मेदवार हुदा मात्रै पुग्ने हो वा उक्त उम्मेदवार विजयी पनि हुनु पर्ने हो ? यदि त्यसो हो भने त उम्मेदवारकाआकांक्षीहरू निर्वाचन क्षेत्रमा खट्नुको सट्टामा नेताको घरदैलोमा भिडभाड किन ? जो आफैंमा लज्जास्पद छ । ६०– ७० वर्ष लोकतन्त्र स्थापनाको लागि लडेका एवम् ३०– ४० वर्ष सत्ता चलाई सकेका दलहरूको व्यवस्थापन यति नाजुक छ जस्ले सांसदहुने सम्मको हैसियत राख्ने आफ्नो कार्यकर्तार नेताहरुको व्यक्तिगत विवरण र तिनका बारेमा जानकारी राख्दैनन् भने त्यस्तो पार्टी र तीनका नेताले लिएको निर्णय सही कसरी हुन सक्छ वा त्यस्ता कार्यकर्ता जस्ले एक पछि अर्को जिम्मेवारी लिने तर प्राप्त जिम्मेवारी निर्वाह नगर्ने, केवल विषेश घडिमा नेता रिझाएर टिकटलिने पैसा र सत्ताको वलमा चुनाव जित्ने सपना देख्दछन तिनबाट न चुनाव जितिन्छ नत सवल र समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य नै पुरा गर्न सकिन्छ१ अनि गठबन्धन गर्नुको अर्थ नै के रहन्छ ?
यतिखेर गठवन्धन मूलत दुई कारणले अनिवार्य देखिन्छ। संविधानको रक्षा एवम् यसको कार्यान्वयनका लागि स्थिर र मजबुत सरकार निर्माण गर्न
र परिवर्तनको राष्ट्रिय चाहनाला सफल गर्न । जहिले जहिले राष्ट्रका प्रमुख राजनीतिक शक्तिहरू एक भएका छन तत् तत् समयमा नेपालको राष्ट्रिय राजनीतिले परिवर्तनको पक्षमा निर्णय लिन सफल भएको छ।
नेपालको संविधानले नागरिकको मर्यादित जीवन यापनको सुनिश्चित्ता खोजेको छ ,यसकालागि स्थिर र मज्जबुत सरकार निर्माण गर्नु गठबन्धनको प्रमुख लक्ष्य हो भने नेतृत्वले भिडको बीचबाट, दबाब र व्यक्तिगत लोभबाट प्रभावित भएर लिने निर्णयले त्यो लक्ष्य पुरा हुनसक्दैन। यसकालागि नेतृत्वले, काठमाडौंको भिडभाडमा रमाईरहेका नेता कार्यकर्ता हरूलाई विश्वास दिलाउनु पर्यो कि१तत्काल काठमाडौं छोडेर नागरिकको घरदैलोमा जान निर्देशन गर्नु पर्यो, र भन्नु पर्यो कि हामी तेरो मेरो नभनी चुनाब जित्न सक्ने योग्य देश र जनता लाई कहिलै धोका नदिएको व्यक्ति लाई टिकट दिन्छौं। भिडभाड गरेर, अनावश्यक दवाब सृजना गरेर हामी लाई कम्जोर नगर्नुहोस् भन्न सक्नु पर्यो। कार्यकर्ताहरूले पनि यो बुझ्न जरुरी छ कि काठमाडौंमा अस्वभाविक तबरले बढेको भिडभाडले दवावले हाम्रो काठमाडौं सफाईको अभियान पक्कै प्रभावित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्