लायन्स देउरालीद्वारा तिलोत्तमा–६मा निःशुल्क आंखा र मधुमेह शिविर


appharu

६ आश्विन २०७९, बिहीबार २१:१२ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीले तिलोत्तमा नगरपालिका वडा न ६ को सहकार्यमा आनन्दवन स्वास्थ्य चौकीमा १ दिने निःशुल्क आँखा तथा मधुमेह शिविर सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले शिविरको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले स्वासथ्य, शिक्षा लगायत सामाजिक सेवाका क्षेत्रमा लायन्स क्लबहरुले खेलेको भूमिका सराहनीय रहेको भन्दै नगरपालिकाले सहकार्य गर्ने बताए । शिविरमा आँखा सम्बन्धी बिरामीहरू २६६ जना र मधुमेह सम्बधी बिरामी २०० जनाले चेक जाच गराएका छन् । शिविरमा २६ जना मोतियाबिन्दुका बिरामी पत्ता लागेका र उनीहरुलाई लायन्स आँखा अस्पताल बुटवलमा निशुल्क अप्रेसन सेवा दिइने क्लबले जनाएको छ । शिविरमा चेकजांच गरेका बिरामीहरूलाई औषधि पनि निशुल्क बितरण गरिएको थियो ।
लायन्स क्लव अफ बुटवल देउरालीका अध्यक्ष रमेश पान्डेको अध्यक्षता, कृष्ण प्रसाद भन्डारीको सञ्चालनमा भएको कार्यक्रममा आनन्दवन स्वास्थ्य चौकी प्रमुख ज्ञान प्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै लायन्स क्लब बुटवल देउरालीले तिलोत्तमा ६ काो सालघारीलाई माई लायन्स भिलेज घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ पी डिस्ट्रिक्टका फस्ट भाइस गभर्नर अर्जुनमान सैजु, सेकेण्ड भाइस गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, तिलोत्तमा वडा न ६ का वडा अध्यक्ष गणेश पाठक,एरिया चिफ एमएल पाण्डे, लायन्स देउरालीका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्