नवलपरासी पश्चिम २ मा कांग्रेसका कंडेलको जित निश्चित एमाले राप्रपाबीच भएन तालमेल


appharu

२३ आश्विन २०७९, आईतवार १८:५१ मा प्रकाशित

dav


पालिकापत्र,बुटवल । नवलपरासी पश्चिमको क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलले उम्मेदवारी दर्ता गरेका छन् । एमाले र राप्रपाबीच गठबन्धन नभई छुट्टाछुट्टै उम्मेदवारी दिएपछि कंडेलको जित निश्चित जस्तै भएको छ । पुर्व गृह राज्यमन्त्री समेत रहेका कंडेल २०७४ को निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्दै विजयी भएका थिए । यो क्षेत्रमा नेकपा एमालेबाट प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारीले र राप्रपाबाट ध्रुवबहादुर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ (१) मा सत्ता गठबन्धनबाट माओवादीबाट चिनक कुर्मी र (२)मा नेपाली कांग्रेसका बैजनाथ कलवार तथा एमालेबाट (१)मा थानप्रसाद गैरे र २ मा जसपाबाट हरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका सांसद कंडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले पालिकापत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्