कांग्रेस उम्मेदवार राजु खनाल : जसलाई घोराहीको कटुवाखोला पुलले लखेटिरह्यो, गृहमन्त्री खाँणकै वलमा टिकट ल्याउदा आलोचित


appharu

३१ आश्विन २०७९, सोमबार २०:४५ मा प्रकाशित

पालिकापत्र, दाङ । दाङ क्षेत्र नम्वर २ क को चुनाव अरु दाङका अन्य निर्वाचन क्षेत्र भन्दा रोचक नै छ । एमालेवाट यस क्षेत्रका लोकप्रीय तथा युवा नेता वलिभद्र राना र काग्रेसवाट राजु खनाल प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् ।

काग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे र काग्रेसको लुम्विनी प्रदेशका सह महामन्त्रि खगराज पाण्डेले वलियो दावि गरेपनि काग्रेसका नेता, गृहमन्त्रि वालकृष्ण खाँडको आडमा राजुले टिकट ल्याएर आएका छन । तर, काग्रेस नेताहरु उत्साहीत भएर चुनावि मोर्चा, पार्टिका गतिविधिमा देखीदैनन् ।

उम्मेद्वारी दर्ता गर्नेक्रममा नै घिमिरे र पाण्डे दुवै उपस्थिती थिएनन् । काग्रेस भित्रको चर्को टिकटका लागि प्रतिष्पर्धा भएपछि अहिले सो क्षेत्रका नेताहरु चुनावि गतिविधिमा सामेल देखीदैनन् । भित्रभित्रै असन्तुष्टि काग्रेस नेताहरुभित्र बढेको छ ।

अत्यन्तै गुटवन्दि गर्ने नेताकारुपमा खनाल परीचित छन् । पार्टिको महाधिवेशनमा पनि खनालले जिल्लाका पुराना नेताहरुले महाधिवेशन प्रतिनिधिमा हार वेहोरे । काग्रेसका पुर्व जिल्ला सभापतिहरु नै महाधिवेशन प्रतिनिधि हारे । काग्रेस दाङका पुर्व सभापति विरकेश्वरी गौतम, घनश्याम रेग्मि, काग्रेस नेताहरु श्याम सुवेदि, रणबहादुर पछाई, भरतबहादुर न्यौपानेहरु राजुकै कारण महाधिवेशन प्रतिनिधिमै हारे ।

राजुकै टिमवाट काग्रेस दाङको जिल्ला सभापतिमा भुपबहादुर डाँगि लडे । तर, अन्तिममा राजुले सबैलाई प्रतिष्पर्धी देख्न थालेपछि भुपबहादुर पनि जिल्ला सभापतिमा हार्न पुगे । राजुले संस्थापनवाट जानकिलाल बस्नेतलाई पनि जिल्ला सभापतिका लागि तयार रहन भने । तर, दुवै जना हार्न पुगे । सस्थापनवाट काग्रेसकै नेता कमलकिशोर घिमिरे पनि जिल्ला सभापतिको दौडमा देखीए । त्यतिमात्रै होइन् । भुपबहादुरलाई घोराहीको उपमेयरमा लड्न सुझाव दिए ।

तर, अन्तिममा राजुले नै भुपबहादुरलाई हराएको भनेर काग्रेस नेताहरुले भन्न थालेका छन् । उपमेयरमा भुपबहादुरले हार्ना साथ राजनितिमा उनि कमजोर देखीए । राजुले घोराही १७ मा किरण रेग्मिलाई पनि वडा सदस्यमा हराए । त्यतिमात्रै होइन् घोराही ४ मा पनि काग्रेसकै जिल्ला उपसभापति गिरीराज सुवेदिलाई वडा सदस्यमा हराए । खनाल काग्रेसकै घेरावन्दिमा परेका छन् । उनि कमजोर उम्मेद्वारकोरुपमा हेरीएका छन् ।

एमालेका वलिभद्र रानाले आफ्नो शक्ति बढाउदै लगेका छन् । राना अहिले २ क मा वलियो दरीएका छन् । एमाले महासचिव शंकर पोखरेलको विश्वासपात्रकोरुपमा रहेका राना चुनाव जिते प्रदेशको मन्त्रि हुने लगभग सुनिश्चित जस्तै नै छ । महासचिवको विश्वासिलो ब्यक्ती भएकाले पनि उनको चुनावि मोर्चा अत्यन्तै राम्रो देखीएको छ ।

सामाजिक क्षेत्रमा पनि कृयाशिल राना मिलनसार, सहयोगीकारुपमा चिनिन्छन् । खनालमाथि कटुवाखोला पुल समयमै निर्माण गर्न नसक्ने निर्माण ब्यवसायि पदम शर्मालाई संरक्षण गरेको आरोप छ । कटुवाखोलाको पुल निर्माणमा खनालकै संरक्षणले गर्दा ढिलो भएको भन्दै अघिल्लो चुनावमा कृष्णबहादुर महरासंग पनि चुनाव हारे । कटुवाखोलाको पुलले उनि विवादित भइरहन्छन् । वालकृष्ण खाँडको आडमा टिकट ल्याएकै कारण खनाललाई राजधानि विरोधि कित्तामा लागेको आरोप छ । खाँडले पटक–पटक दाङको भालुवाङमा राजधानिका संरचना नसार्न अभिब्यक्ति दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्