रातारात बुटवलबाट दाङ सारियो मुख्यमन्त्री कार्यालयका सामान

गृहमन्त्री बालकृष्णले जबरजस्ती मन्त्रालय सारे बाटोबाटै खोसेर ल्याउने चेतावनी दिएपनि माओवादी नेता रहेका मुख्यमन्त्री केसीले खांणको चेतावनीलाई ठाडो चुनौति दिएर मन्त्रालय सारेपछि अब सत्ता गठबन्धनमै असर पर्न सक्ने अनुमान समेत हुन थालेका छन् । ।


appharu

२० मंसिर २०७९, मंगलवार ०९:४३ मा प्रकाशित

पालिकापत्र,बुटवल । स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु स्थायी राजधानी दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सामानहरु सोमबार राति दाङ पु¥याइएको छ । अस्थायी मुकाम बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा रहेका फर्निचर,कम्प्युटर, कागजपत्र लगायतका सामानहरु रातको समयमा तीन वटा ट्रकमा दाङको राप्ती गाउंपालिकास्थित मौरीघाट पु¥याइएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकका अनुसार मुख्यमन्त्री केसीको निर्देशनमा राति नै तिनवटा ट्रकमा सामान लोड गरी रातको १२.४० बजे मौरीघाट पु¥याइएको हो । सरकारका प्रवक्ता तिलकराम शर्माले २०७७ असोज २० गते प्रदेश सभाले गरेको निर्णय अहिले आएर कार्यान्वयन गरिएको बताए । उनले अब बुटवलस्थित अस्थायी मुकाम बन्द भएको बताए । अन्य मन्त्रालय र कार्यालयहरु पनि छिटै बुटवलबाट देउखुरी आइसक्ने उनले बताए । यसअघि विभिन्न ४ वटा कर्मचारी संगठन र नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधान नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु लिला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयां बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउंदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेको थियो । यसअघि नै गृहमन्त्री बालकृष्ण खांणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी समेत दिएका थिए । गृहमन्त्री खांणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए । गृहमन्त्री एवं सत्तारुढ दलको प्रभावशाली नेताको भनाईलाई माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले खांणको चेतावनीलाई ठाडो चुनौति दिएर मन्त्रालय सारेपछि अब सत्ता गठबन्धनमै असर पर्न सक्ने अनुमान समेत हुन थालेका छन् । स्थायी पुर्वाधार बनेपछि मन्त्रालय सार्नुपर्ने धेरैको माग थियो । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि सथायी राधानीका लागि बुटवलमै पर्याप्त पुर्वाधार बनिसकेकाले प्रदेशसभाको दुई तिहाई वहुमतले फेरि बुटवल नै फर्काउन सकिने बताएका थिए । स्थायी राजधानी तोकिएको दाङमा कर्मचारीलाई आवास लगायत अन्य स्थायी संरचनाहरु बनेका छैनन् । अस्थायीबाट पुनः भाडाका अस्थायी संरचनामा राजधानी सार्दा राज्यलाई करोडौं व्यवय भार थपिने छ ।

प्रतिक्रिया दिनुहोस्