लुम्बिनीबाटै विश्वमा नेपाल चिनाउन सकिन्छ : सांसद वासुदेव घिमिरे


appharu

२९ मंसिर २०७९, बिहीबार २०:४७ मा प्रकाशित

पालिकापत्र,लुम्बिनी । लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई विहिबार सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर सम्मान गरेका हुन् ।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचित वासुदेव घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षविच हातेमालो जरुरी रहेको बताए । उनले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने बताउँदै कोषको गुरुयोजना सम्पन्न गर्नका लागि संघीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी भित्रको विकाससँग स्थानीय नागरिकलाई जोडेर विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा रुपन्देहीको निर्वाचन क्षेत्र न। ५ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिके गुप्ताले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताए । उनले लुम्बिनीमा अस्पतालकको आवश्यकता रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय९अवधेश त्रिपाठी० ले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि साँढे ७ अर्बको बजेट आवश्यक रहेपनि एकमुष्ट बजेट नछुट्दिा निर्माण ढिलाई भइरहेकाले यसमा पहल गर्न सांसदहरुको ध्यानआर्कषण गराए । उनले लुम्बिनी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालयको आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसदहरुले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आफुहरु लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेको बताउँदै त्यसका लागि नवनिर्वाचित सांसदहरुसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लुम्बिनी सुरक्षित, सुन्दर र बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउन गरि मिलेर काम गर्न सकिने बताए ।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसारका निर्माणहरु भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गरे । उनले गुरुयोजनाका लागि बजेटको सुनिश्चिता भएपनि बर्षमा एक अर्बको हाराहारीमा मात्रै बजेट छुट्याउदा गुरुयोजनाको कामले गति लिन नसकेको बताए।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन खाँन, लुम्बिनीका वडा न। ३ का वडाअध्यक्ष अकरामुद्धिन मुसलमानले लुम्बिनी भित्र मात्रै नभई बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी विकास कोषको प्राथमिकता र बौद्ध सर्किटका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्