सांसद विनोद चौधरीसंग चिसापानी अस्पताल स्तरोन्नतिबारे छलफल


appharu

५ पुष २०७९, मंगलवार १८:१२ मा प्रकाशित

पालिकापत्र, बर्दघाट । नवलपरासी पश्चिम क्षेत्र नं १ का संघीय सांसद विनोद चौधरी र बर्दघाट नगरपालिकाका जनप्रतिनिधि बिच बर्दघाटको चिसापानीस्थित सरकारी अस्पतालको स्तरोन्नति सहित विकासबारे छलफल भएको छ । काठमाण्डौ स्थित सांसद चौधरीको राजनितिक जनसम्पर्क कार्यालयमा नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठसहितका जनप्रतिनिधि सहितको टोलीसंग अस्पतालको समग्र विकासवारे छलफल भएको हो ।
सो क्रममा सांसद चौधरीसंग चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तरउन्नतीका लागि छलफल केन्द्रित रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । बर्दघाट नगरपालिकाले पश्चिम नवलपरासी १ बाट निर्वाचित संघीय सांसद चौधरीलाई यस अगावै पत्र मार्फत सो अस्पतालको स्तर उन्नतीका लागि पहल गर्न पत्रचार गरिसकेको थियो । उक्त पत्रबारे सांसद चौधरीले गम्भीरताका साथ चासो राखेर स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको नगर प्रमुख श्रेष्ठले बताए ।
सांसद चौधरीले यसवारे यस क्षेत्रको पहिलो उपचार थलो रुपमा चिसापानी अस्पतालको स्तरोननति र विकासका लागि आगामी दिनमा प्रदेश सरकार तथा संघीय सरकार र अन्य दातृ निकायसंग पहल गर्ने प्रतिक्रिया दिएका उनको सचिवालयले जनाएको छ ।
सांसद चौधरीसंग नगर प्रमुख श्रेष्ठ ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको टोली सहभागी भएको छलफलमा अस्पतालको दिर्घकालीन व्यवस्थापनका लागि विभिन्न योजनाबाट छलफल गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।
चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तर उन्नतीका लागी संघीय सांसद चौधरीले आफु आबद्ध रहेको चौधरी फाउण्डेसन लगायतका अन्य सहयोगी निकायबाट अस्पतालको चौतर्फी दिर्घकालीन विकासका लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्