पुँजिगत खर्च बढाउन वडाध्यक्ष र कर्मचारीलाई मेयर श्रेष्ठको निर्देशन


appharu

३० पुष २०७९, शनिबार १४:१७ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले पुँजिगत खर्च बढाउन मातहतका निकाय र वडाध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।

विहीबार भएको हिउँदे नगर सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रमलाई समयमै सम्पन्न गराए मात्र ‘सुखि नगरबासी, समृद्ध बुद्धभूमि’को सपना साकार हुने भन्दै पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको हो ।

पुँजिगत खर्च नबढ्दा विकास निर्माणका धेरै कामहरु प्रभावित हुने र निर्धारित लक्ष्यमा पुग्न नसकिने उहाँको भनाई थियो ।चालु आवको ६ महिनामा पुँजिगत खर्च निरासाजनक रहेको पनि उहाँले सुनाउनुभयो । यो बर्ष निर्वाचन बर्ष भएको कारण पनि सोचे अनुसार काम हुन नसकेको उहाँले स्विकार्नुभयो । यद्यपि आगामी ५ बर्षका लागि नयाँ स्वरुपमा जनप्रतिनिधि निर्वाचित भएको कारण नगर प्रमुख श्रेष्ठले पुँजीगत खर्चबारे प्रष्ट पार्नुभएको हो ।

‘म दोस्रो कार्यकालका पनि निर्वाचित भएको हुँ । कतिपय साथीहरु पहिलोपटक निर्वाचित हुनुभएको छ । हामीले पुँजिगत खर्च बढाउनै पर्छ । आफूले तय गरेका योजनाहरुलाई समयमै सम्पन्न गराऔं, नगर प्रमुख श्रेष्ठले भन्नुभयो,’ ‘शाखागत बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी दत्तचित्त हुनुपर्छ ।’ चालु खर्च स्वभाविक रुपमा बढ्ने भन्दै पुँजिगत खर्चमा नै उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्