लुम्बिनी प्रदेशसभाको सातौं बैठक अनिश्चित


पालिका पत्र

७ चैत्र २०७९, मंगलवार १०:४१ मा प्रकाशित

दाङ : लुम्बिनी प्रदेशसभाको चैत ७ गते मंगलबार बस्ने बैठक स्थगित भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको थियो।

सोमबार प्रदेशसभाले सूचना जारी गर्दै पूर्वनिर्धारित पहिलो अधिवेशनको सातौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि विशेष कारणवश स्थगित भएको जनाएको छ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको छैटौँ बैठक गत फागुन १७ गते बसेको थियो।

प्रतिक्रिया दिनुहोस्