बहुभाषा सिक्ने बिद्यार्थीको रोजाई ‘ब्राइट लुम्बिनी’


२५ बैशाख २०८०, सोमबार १३:३७ मा प्रकाशित

बैशाख २५ । मानिसको जीवनमा आफ्नो भाग्यरेखा आफैं कोर्ने समय युवा अवस्था हो । अहिले हाम्रो देशका युवाहरू अवसरको खोजीमा विदेशी भूमिमा अध्ययन तथा रोजगारमा जान वाध्य छन् । पछिल्लो समय जापान, कोरिया र जर्मन लगायतका देश नेपाली युवाहरुको पहिलो रोजाइमा पर्दछन् । यी देशमा नेपालीहरु अध्ययन तथा रोजगारीका लागि जाने गरेका छन् ।

यसो त, बैदेशिक अध्ययन तथा रोजगारीमा जाने र मनग्गै पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुले सपना बुनेका हुन्छन् । कतिपय सफल हुन्छन् तर कतिपय सफलता हात पार्न नसकेर निराश । यद्यपि, कतिपय युवाहरुको सपना साकार पार्नका लागि उत्कृष्ट भाषा शिक्षक, भाषा शिक्षालय लगायत उचित वातावरणको आवश्यकत्ता पर्दछ ।

ग्यारेण्टी कक्षाहरु सञ्चालन गर्ने वाहानामा बिद्यार्थीहरुको भविष्य माथी नै खेलवाड गरेर मोटो रकम असुल्ने धन्दा पनि फस्टाएको छैन् भन्न सकिदैन । आफ्नो लगानी र सुरक्षित बैदेशिक यात्रा तथा सपना साकार पार्न बिद्यार्थीहरुले ब्यवस्थित शैक्षिक धरोहरलाई रोज्नु पर्ने बिद्यार्थीहरु बताउँछन् । पछिल्लो समय कपिलवस्तु सहित देशैभरबाट बैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान, कोरिया लगायतका देशहरुमा जाने प्रबृत्ति बढ्दै गएको पाइन्छ ।

यस्तै, कपिलवस्तु सहित लुम्बिनी प्रदेशमै ब्रिजकोर्ष, जापानिज भाषा, कोरियन भाषा कक्षाहरु, पिटिई/आएल्स कक्षा सञ्चालन गर्दै बिद्यार्थीको रोजाईको केन्द्र ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. बन्दै गएको छ । लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत ८ बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, १ जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं ।

वि.सं.२०७२ सालमा स्थापना भई पठनपाठन सुरु गरेको यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै ८ वर्षे यात्राको समयसम्म आई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु¥याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं यस क्षेत्रमै सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र बन्न सफल हुन थालेपछि यस क्षेत्रका अभिभावक मात्रै होइन, यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुशी देखिएका छन् । पुर्व–पश्चिम राजमार्ग तथा जीतपुर–तौलिहवाको सडक नजिकै रहेको यस प्रशिक्षण केन्द्रले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभई यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ ।

विभिन्न समुहमा गरि करिब ८०० जना विद्यार्थीहरुले अध्ययन गर्ने यस प्रशिक्षण केन्द्रमा १० जना विभिन्न विषयका पुर्णकालिन प्रशिक्षक, २ जना लेखा कर्मचारी लगायत कार्यरत रहेको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बताए । भाषा कक्षा सञ्चालन गर्दै आएको केन्द्रले थप नयाँ ब्यबस्थापनका साथमा तौलिहवारोडमा प्रशिक्षण केन्द्र सञ्चालनमा आउने तयारीमा लागिएको समेत निर्देशक क्षेत्रीले जानकारी दिए । “दक्ष तथा अनुभवी प्रशिक्षक, उत्कृष्ट अध्ययन सामाग्री, कुशल सञ्चालक, अनुशासित, लगनशील तथा मिहेनती विद्यार्थीहरु र प्रतिष्ठित अभिभावकद्वारा नै हामी सफल भएका छौ ।” उनले भने ।

उच्च शिक्षा अध्ययन गर्दा विद्यार्थीलाई सुरुमा के पढ्ने, कुन–कुन किताब पढ्ने भन्ने कुराको राम्रो ज्ञान नहुने हुदाँ र बढ्दो प्रतिस्पर्धामा आफूलाई सक्षम गराउन तयारी कक्षाको अति नै आवश्यकता पर्ने क्षेत्रीको भनाइ छ । सो बारेमा विज्ञहरुबाट जानकारी तथा परामर्शको व्यवस्थाको साथ के अध्ययन गर्ने ? कुन विषय अध्ययन गर्ने ? कस्तो विषय अध्ययन गर्दा बढी भन्दा बढी अवसर प्राप्त हुन्छ लगायतका अन्य थुपै्र जिज्ञासाहरु मेटाउने उदेश्यले उच्च शिक्षा गोष्ठी समेत सञ्चालन गर्दै आएको उनले बताए ।

उनले अगाडि थप्छन्, ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं मा प्रवेश गरी पढ्न थालेदेखि नै बिद्यार्थीको प्रतिष्पर्धा सुरु हुन्छ, जसले गर्दा सिर्जनशिलता र अब्बलता प्रस्तुत गर्न सहयोग पुग्दछ । आर्थिक स्थिति कमजोर र उत्कृष्ट विद्यार्थीहरुका लागि विशेष छुट सहित पढ्न पाउने व्यवस्था रहेको प्रबन्ध निर्देशक क्षेत्री बताउँछन् ।

पछिल्लो समयको द्रुत विकासका कारण दिनप्रतिदिन साघुँरिदै गएको वर्तमान परिवेशमा सफल जीवन जिउनका निमित्त वहुभाषित हुनु र सूचना प्रविधिका न्यूनतम जानकारी राख्नु सबैका लागि अनिवार्य आवश्यकता भइसकेको प्रशिक्षण केन्द्रका कोरियन भाषा विभाग प्रमुख महेश आचार्यले बताए । स्थानीय निकायले पनि केन्द्रलाई व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललाई निरन्तरता दिनुपर्ने आचार्य बताउँछन् ।

शैक्षिक परामर्शका साथै बौद्धिक विकास, अन्र्तराष्ट्रिय भाषाहरु जापानिज, कोरियन, अङ्ग्रेजी (ब्रिजकोर्ष) का कक्षाहरु सञ्चालनमा रहेको र अब्बल नतिजा हासिल गर्न सफल भएको जापानीज भाषा प्रशिक्षक कमल आचार्य बताउँछन् । साथै प्रशिक्षण केन्द्रले लोकसेवाका कक्षाहरु, शिक्षक सेवा आयोगका कक्षाहरु, IELTS, PTE, कम्प्युटर शिक्षा, सूचना प्रविधि सम्बन्धि आवश्यक जनशक्तिको उत्पादन र व्यवसायिक शिक्षाका विभिन्न प्याकेजहरु सञ्चालनमा रहेका प्रशिक्षक रामु खनालले बताए ।

यता, प्रशिक्षण केन्द्रले वर्ष सन् २०२३ मा कोरियन भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई केन्द्रले बिदाइ तथा सम्मान समेत गरिसकेको छ । यस्तै, विगतका जस्तै यस पटक पनि शतप्रतिशत सिओई खसाल्न सफल जिल्लामै उत्कृष्ट यस शैक्षिक संस्थाले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई तथा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्