मन्त्री पाण्डेयको एक्सन : कार्यक्रम स्थलबाटै मन्त्रालयका कर्मचारीलाई सुझाए (भिडियो)


पालिका पत्र

१७ जेष्ठ २०८०, बुधबार १२:३८ मा प्रकाशित

भालुवाङ्ग, जेठ १७ । नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशले भालुवाङ्गमा अनलाईन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षण आयोजना गर्यो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेय प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

महासंघका प्रदेश अध्यक्ष बसन्त गिरी आफ्नो मन्तब्य राख्दै थिए । उनले प्रदेश सरकारले सञ्चार कार्यविधिका बारेमा असन्तुष्ट ब्यक्त गर्दै मन्त्रीको ध्यानाकर्षण गराए । मन्त्री पाण्डेयले आफ्नो उद्घाटन मन्तब्यमै सञ्चार क्षेत्रको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

अध्यक्ष गिरीले लुम्बिनी प्रदेशमा सञ्चार कार्यविधि कार्यान्वयनमा ल्याउन सरकार उदासिन देखिएको गुनासो राखे । सञ्चार माध्यमहरुको प्रभावकारी सञ्चालन, ब्यवस्थापन, उपकरण खरिद, क्षमता अभिवृद्धि लगायतका बिषयहरुको सवालमा प्रदेश सरकार गम्भिर नभएको गिरीले बताइरहँदा मन्त्री पाण्डेयले आफ्नो मन्त्रालयका सचिव लाल बहादुर कवारीलाई तुरुन्तै फोन गरे ।

गुनासो राखिरहेका गिरी मन्त्रीले सचिवलाई फोन गर्दै–गर्दा रोकिए । मन्त्री पाण्डेयले कवारीलाई सञ्चार कार्यविधि तथा कार्यान्वयनलाई गम्भिरताका साथ अगाडि बढाउन एकहप्ता भित्रै बैठक आह्वान गरेर प्रक्रियागत रुपमा काम गर्न सुझाए ।

गिरीले लुम्बिनी प्रदेश सरकारले सञ्चार उपकरण खरिद कार्यविधि, संस्था छनौट सम्बन्धी कार्यविधि लगायतका बिषयमा गम्भिरता देखिनुपर्ने धारणा राखे । सञ्चार मन्त्रालयको नामै मेटिने गरि गरिएको कदम महासंघ प्रदेश समितीलाई स्वीकार्य नभएको उनी बताउँछन् । कार्यविधि निर्माणमा भएको ढिलाईकै कारण चालु आर्थिक बर्ष २०७९⁄०८० मा सञ्चार क्षेत्रका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ भन्दा बढीको बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए ।

सरल स्वभावका मन्त्री पाण्डेयले सरकारले आफुलाई सञ्चार क्षेत्रको पनि जिम्मेवारी रहेकोले आफु हरतरहले प्रदेशका सञ्चार माध्यमको बिकासका लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । मन्त्री पाण्डेयले दुरदराजका बिषय सत्य, तथ्यमा आधारित रहेर बाहिर ल्याउन सके जनताले बिश्वास गर्ने भन्दै आफुलाई प्रविधिमा अपडेट गरेर अघि बढ्न अनलाइन सम्पादकलाई आग्रह गरे । उनले भने, ‘अहिले स्वतन्त्र ब्यक्ति पाउन गाह्रो भइसक्यो, ठुलो मान्छेको समाचार लेखेर चर्चित हुन्छु, भन्ने सोच्नुभएन । राजनीतिक ब्यक्ति जस्तो नबनौं, मर्यादित पेशा बनाउन सम्पादकहरु लाग्नुपर्छ ।’

यस्तै मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटन प्रदेशको रुपमा अन्र्तराष्ट्रिय स्तरमा ब्राण्डिङ्ग गरिनुपर्ने बताए । प्रदेशभित्र पर्यटकिय क्षेत्र, बौद्धस्थल तथा पुरातात्विक स्थलहरुको प्रचुरता रहेको उल्लेख गर्दैै उनले यहाँको बिकास, सम्वद्र्धन तथा प्रवद्र्धनका लागि लुम्बिनीलाई पर्यटन प्रदेशको रुपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्