शितगंगा नगरपालिकाले प्रथम अर्घाखाँची जिल्ला न्यायिक सम्मेलन गर्ने


५ असार २०८०, मंगलवार २१:३७ मा प्रकाशित


अर्घाखाँची, असार ०५ ।
शितगंगा नगरपालिकाले अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलन गर्ने भएको छ । काठमांडौ महानगरपालिकाले गत चैतमा राष्ट्रिय सम्मेलन गरेको केही समय पछि शितगंगा नगरपालिकाले यहि असार ६ गते बुधबार शितगंगा ४ भेडामारामा न्यायिक सम्मेलनको आयोजना गरेको छ ।


न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित गर्ने , प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्ने उदेश्यका साथ पहिलो पटक सम्मेलनको आयोजना गर्न लागिएको शितगंगा नगरपालिकाका न्यायिक समिति संयोजक उपप्रमुख गिता भाटले जानकारी दिनु भयो ।


स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध रहे पनि समान बुझाई विकास हुन नसकेको अबस्थामा यसको प्रभावकारीताको महत्व बढाउन यस कार्यक्रमको आयोजना हुन लागेको उपमेयर भाटले बताउनु भयो ।


न्यायिक समितिको जिल्ला सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरेको छ । न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधारणमा न्यायको पहुँच बढ्ने विश्वास लिएको छ ।
शितगंगा नगरपालिकाको न्यायिक समितिले न्यायिक क्षेत्रमा सव्र्रसाधारणको सहज पहुच बढाउन, न्यायको स्थानियकरण सहित सहजिकरणको उपाय खोज्न , न्यायिक समितिका पदाधिकारीहरु बिच परिचय असल अनुभव आदान प्रदान र समन्वय तथा सञ्चार बढाउन , न्यायिक समितिको काम कर्तब्य र अधिकार कारवाही प्रकृयामा एकरुपता कायम गर्ने सस्थागत क्षमता बढाइ न्याय सम्पादनमा प्रभावकारीता ल्याउने उदेश्यका साथ सम्मेलनको आयोजना गरेको छ ।


अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनमा ६ वटै स्थानियतहका उपप्रमुख तथा उपाध्यक्ष संघ तथा प्रदेशका सांसदहरु ,संघ तथा प्रदेशका पुर्व सांसदहरु,जिल्ला समन्वय समितिका निवर्तमान र वर्तमान प्रमुख तथा उपप्रमुख,प्रमुख जिल्ला न्यायधिस ,प्रमुख जिल्ला अधिकारी सरकारी वकिल कार्यालय प्रमुख, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, ,शितगंगा नगरपालिकाका कार्यपालिका सदस्यहरु , पुर्वमेयर ,उपमेयर,शितगंगा नगरपालिकाका उच्च पदस्थ न्यायिक तथा शौक्षिक ब्यत्तीहरु सहभागि हुने न्यायिक समितिका मेलमिलापकर्ता ऋषि घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्