कृष्णनगरको बजेट ६८ करोड ९९ लाख ८६ हजार


पालिका पत्र

११ असार २०८०, सोमबार २०:१५ मा प्रकाशित

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६८ करोड ९९ लाख ८६ हजार १ सय २५ रुपैयाको बजेट प्रस्तुत गरेको छ । नगर उप–प्रमुख आरती देवी चौधरीले कृष्णनगरको दशौँ नगर अधिवेशनबाट नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

नगर प्रमुख रजत प्रताप शाहले नगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकता दिएको बताए । उनले भौतिक पुर्वाधार विकासका कामलाई प्राथमिकतामै राखेर निरन्तरता दिएको समेत बताए ।

कृ्ष्णनगर मुख्य औद्योगिक व्यापारिक केन्द्र भएकोले शहरी पुर्वाधारको दिगो विकासका माध्यमबाट जनअपेक्षा अनुसार समृद्ध नगर बनाउनु पर्नेमा जोड दिएको नगर प्रमुख शाहले बताए ।

उनले देशमा भएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै गरिब, दलित, महिला र विपन्न लक्षितलाई समेत प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्