छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनमा अग्रणी अक्सफोर्ड मावि


१३ असार २०८०, बुधबार ०८:१७ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई त्रैमासिक रूपमा करिब ९ लाख रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको छ ।
प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीलाई नगद १० हजार ,३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट तथा र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको भुसालले बताए ।

विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिश्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताए । विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विधाहरूमा विद्यार्थीहरू बिच प्रतिश्पर्धा हुने र संस्कार सहितको शिक्षामा जोड दिएको हुंदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको भुसालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्