आरन व्यवसायीलाई नगरपालिकाले दियो आवश्यक औजार


पालिका पत्र

१९ असार २०८०, मंगलवार १९:०० मा प्रकाशित

तिलोत्तमा, असार १९ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणज्युले आरन पेशाको संरक्षण गर्नका लागि आरन व्यवसायीहरुलाई आज एक कार्यक्रमका विच औजार एवं सामाग्री वितरण गरेका छन्।

आरन पेशा पुरानो र पछिल्लो समय लोप हुनै लाग्ने अवस्थामा रहेकाले यसलाई जोगाउनका लागि पनि आरन पेशाका लागि आवश्यक पर्ने औजार वितरण गरिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले बताए । ‘आरन पेशा धेरै पुरानो पेशा पनि हो । पछिल्लो समय यो लोप नै भएर जाने अवस्थामा रहेको छ ।’–उनले भने ‘यसको संरक्षण र यस पेशामा आकर्षित गर्नका लागि लामो समयदेखि यो पेशा गर्दै आउनु भएकाहरुको समान स्वरुप औजार तथा सामाग्री दिन लागिएको हो । यसबाट रोगगारीको सृजनापनि हुन्छ । यसकारण यसको संरक्षण गर्नु पर्छ ।’

नगर प्रमुख खाँणले तिलोत्तमाले सबै पेशा र व्यवसायलाई समान रुपमा हेर्ने गरेको र नगरपालिकाले सहयोग गर्न सक्ने सबै कुरामा आवश्यक समन्वय गरी अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्