लुम्बिनीका २९ पालिकाले समयमा बजेट ल्याउन सकेनन्


पालिका पत्र

१९ असार २०८०, मंगलवार १९:२३ मा प्रकाशित

कपिलवस्तु, असार १९ । सात सय ५३ स्थानीय तहमध्ये चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । अझै ३०७ पालिकाले बजेट सार्वजनिक गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले असार १० गतेभित्र आवको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि असार १७ गतेसम्म करिब ४२ प्रतिशत स्थानीय तहले बजेट ल्याउएका छन ।

लुम्बिनी प्रदेशमा एक सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् । प्रदेशका २९ पालिकाले समयमा बजेट ल्याउन सकेका छैनन । अहिलेसम्म कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६२ पालिकाले बजेट ल्याएका छन भने १७ स्थानीय तहले बजेट ल्याएका छैनन ।

गण्डकी प्रदेशबाट ८५ स्थानीय तह रहेका छन तर ६४ पालिकाले बजेट ल्याए भने अझै २१ पालिकाले ल्याएका छैनन् ।सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ५० वटा तहले बजेट ल्याएका छन् । बागमती प्रदेशका एक सय १९ पालिकामध्ये ६३ वटा, कोशी प्रदेशबाट एक सय ३७ मध्ये ६९ वटा र मधेस प्रदेशबाट एक सय ३६ पालिकामध्ये जम्मा ५८ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । केही पालिकाले भने बजेट ल्याए पनि मन्त्रालयको वेबसाइटमा प्रविष्ट नगरेकाले तथ्याङ्कमा नदेखिएको हुनसक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्