बगनासकालीमा निर्माणका कामको गुणस्तर जाँच्न ‘सिभिल प्रयोगशाला’


पालिका पत्र

२१ असार २०८०, बिहीबार ११:०२ मा प्रकाशित

पाल्पा, असार २१ । पाल्पाको बगनासकाली गाउँपालिकाले ‘सिभिल प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । विकासे योजनाहरूमा प्रयोग हुने कच्चा पदार्थको जाँच गर्ने गरी प्रयोगशाखा सञ्चालनमा ल्याइएको हो ।

बगनासकाली–९ चाँपपानीस्थित चिलाङ्दी भञ्ज्याङमा प्रयोगशाखा स्थापना गरेर सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन् । गाउँपालिका अध्यक्ष चिदीले प्रयोगशाखा स्थापनापछि पालिका भित्र सञ्चालनमा रहेका विकासे योजनाहरूको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने बाध्यता हटेको बताइन्।

विकास निर्माणका आयोजनालाई गुणस्तरीय, पारदर्शी र विस्वासिलो संरचना बनाउन प्रयोगशालाले सहयोग पु¥याउने अध्यक्ष चिदीले बताइन् । उक्त प्रयोगशालामा बगनासकालीसहित अन्य पालिकाका सेवाग्रहीले सेवा लिन सक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रनाथ लम्सालले बताए ।

गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले विभिन्न १५ प्रकारका कामको प्रयोगशालामा जाँच गर्न सकिने बताए । प्रयोगशाला स्थापनापछि खर्च गरेर बुटवल तथा अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्