शुद्धोधन गाउँपालिकामा ८ सय ५१ छात्रालाई निःशुल्क साइकल


पालिका पत्र

२१ असार २०८०, बिहीबार १४:२४ मा प्रकाशित

कपिलवस्तु, असार २१। शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षामा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालय बीचमै छाड्ने र विद्यालय जान टाढा भई विद्यालय नजाने समस्या समाधान गर्नको लागि छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

छात्राहरुलाई उच्च शिक्षमा प्रोत्साहन गर्नको लागि आर्थिक वर्ष २०७९–८० मा ६० लाख रकम विनियोजना गरी ई–टेण्डर मार्फत खरिद गरेर छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिएकोसमेत अध्यक्ष चौधरीले बताए ।

साइकल वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, प्रसासन शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने, शिक्षा शाखा प्रमुख धनीप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

शिक्षामा पछि परेको गाउँपालिकामा साइकल वितरण भएपछि छात्राहरु नियमित विद्यालय जाने अपेक्षा लिइएको गाउँपालिकाले जनाएको छ । ७ वटा सामुदायिक विद्यालयमा गएर साइकल वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्