लुम्बिनी प्रदेशमा दुई हजार भन्दा बढी विद्यार्थीले ल्यए ३.६० देखि ४ जिपिए


पालिका पत्र

२१ असार २०८०, बिहीबार १९:१९ मा प्रकाशित


कपिलवस्तु, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ हजार ७५९ रहेको छ ।

३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थीको संख्या भने ६ हजार ८१३ रहेको परिक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने विद्यार्थीको संख्या १० हजार २०१, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ल्याउने १३ हजार ३३२, २ जिपिए देखि २ दशमलव ४० जिपिए ल्याउने १७ हजार ९७ जना रहेका छन् ।

यसैगरी १ दशमलव ६० देखि २ जिपिए ल्याउने १८ हजार ९६०, १ दशमलव २० देखि १ दशमलव ६० जिपिएल्याउने १० हजार ५७३ र शुन्य दशमलव ८० देखि १ दशमलव २० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्