होराइजन जीबीएसका सौगातले ल्याए ३.९५ जीपीए


२१ असार २०८०, बिहीबार २२:०४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतमबुद्ध मावि ड्राइभरटोलका छात्र सौगात न्यौपानेले एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

११५ जना विद्यार्थीले एसईई दिएकामा १८ जनाले ए प्लस, ५२ जनाले ए,३३ जनाले बी प्लस,१० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले जानकारी दिए । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरिने उनले बताए ।


यसैबीच न्यु होराइजन कलेज ड्राइभरटोलमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा बिहानी र दिवा समूहमा भर्ना खुलेको कलेजका प्राचार्य गोपाल आचार्यले जानकारी दिए । कलेजले एसईईको नतिजामा उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीलाई भर्ना र शुल्कमा विशेष छुटको व्यवस्था गरेको आचार्यले बताए । कलेजका विद्यार्थी विगत वर्षमा कक्षा १२ को बोर्ड परक्षिामा नेपाल प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्