न्यु होराइजन बुटवलका दुई जनाले ल्याए ३.९५ जीपीए


२१ असार २०८०, बिहीबार २२:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको न्यू होराइजन इङलिस बोर्डिङ स्कूल २ जना विद्यार्थीले एसईई नतिजामा ३.९५ जीपीए ल्याएका छन् ।

एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये छात्र समिप अर्याल र इशा भुसालले ३.९५ जीपीए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।यस्तै पुष्पाञ्जली पौडेलले ३.९ जीपीए ल्याएकी छन् ।

विद्यालयका अनुसार ३.६ जीपीए भन्दा माथि ४३ जना, ३.२ माथि ७७ जना २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्