शैक्षिक गुणस्तर,अनुशासन र अतिरिक्त क्रियाकलापमा अब्बल मणिमुकुन्द कलेज


२२ असार २०८०, शुक्रबार ०७:४८ मा प्रकाशित

एमबीबीएस पुर्ण छात्रवृत्तिमा नेपाल छैठौं

पालिकापत्र,बुटवल ।
बुटवल,२२ असार । पछिल्लो समय स्कुल र कलेज पढ्ने विद्यार्थीहरुमा अनुशासनको कमी हुनु अभिभावकको लागि मात्र होइन समाजकै लागि चिन्ताको विषय बनेको छ । तर बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले शैक्षिक गुणस्तरसंगै अनुशासनलाई पनि पहिलो प्राथमिता राखेको छ ।

जसले गर्दा उक्त कलेजमा पढ्ने विद्यार्थीहरु अनुशासनको मामलामा अन्य कलेजका विद्यार्थी भन्दा धेरै अनुशासित र अब्बल रहेको स्वयं अभिभावकहरु स्वीकार्छन् । अनुशासनले नै विद्यार्थीलाई पढाई र अन्य अतिरिक्त क्रियाकलाप र खेलकुदमा पनि अघि बढ्न र उत्कृष्ट नतिजा ल्याउन मद्दत पुग्ने भएकाले कलेजले अनुशासनलाई निकै प्राथमिकतामा दिएर विद्यार्थीलाई अनुशासित बनाएको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।


कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रवेश परीक्षामा नेपाल छैठौं स्थानमा नाम निकाल्न सफल भएबाट पनि कलेजको शैक्षिक गुणस्तर अब्बल रहेको प्राचार्य क्षेत्रीले बताए । यस वाहेक कलेजमा अध्ययन गरेका राहुल यादवले अघिल्लो वर्ष एमबीबीएसकै प्रवेश परीक्षामा नेपाल पाचौं स्थानमा,पप्पु बानियाले कक्षा १२ को नतिजामा नेपाल चौथो घनश्याम बेल्बासे नेपाल पाचौं स्थानमा नाम निकाल्न सफल भएका कलेजले जनाएको छ ।

यस्तै मणिमुकुन्दमै पढेकी दाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका अमेरिकामा नाम निकाल्न सफल भई पढाइकै क्रममा अमेरिकी वायुसेनामा भर्ती भइ अहिले अन्तरिक्ष यात्राको तयारीमा जुटेकी छन् । ज्योतिले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् । यसवाहेक क्वीज,खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा पनि कलेजले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको तर प्रचार प्रसारको अभावमा ओझेलमा परेको कलेजले जनाएको छ ।

कक्षा ११ मा भर्ना हुंदा छुटैछुट
कलेजले कक्षा ११ को भर्ना कार्यक्रममा विभिन्न छुटको व्यवसथा गरेको छ । एसईईमा उत्कृष्ट अंक ल्याएका,गरिब तथा जेहेन्दार,द्वन्द्वपीडित,फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक–प्राध्यापकका छोराछोरीलाई २५ प्रतिशत छुटको व्यवस्था रहेको प्राचार्य टुकबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्