एसईई नतिजाः बाणगंगाको जनता मा.वि.ले ल्यायो जिल्लाकै सर्वोत्कृष्ट नतिजा

७० जनाले ल्याए ए प्लस


पालिका पत्र

२२ असार २०८०, शुक्रबार ११:३९ मा प्रकाशित


चारनम्बर, असार २२ । विगतका वर्षदेखि एतिहासिक नतिजा हासिल गर्दै आएको जनता माध्यमिक विद्याल, पिपरा कपिलवस्तुले एस.ई.ई. नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमशे पन्थीले बताए । पन्थीले ६ जना विद्यार्थीले ३.९ जि.पि.ए प्राप्त गरेको बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।

तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए । अधिकारीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्