बजेट प्रभाव : शितगंगाका १२० बढि सम्पन योजनाको भुक्तानी नै रोकियो


२३ असार २०८०, शनिबार १५:२४ मा प्रकाशित


अर्घाखाँची, असार २३ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा गत असार २० गते सम्ममा सम्पुर्ण योजनाहरुको फाइल पेस गर्न सुचना जारि गरिएको थियो सोहि अनुसार सम्पन्न भएका अधिकांस योजनाको फाइल नगरपालिकामा पुगेका छन तर अहिले पनि १२० भन्दा बढी योजनाको भुत्तानी हुननसकेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनु भयो ।


सरकारले बित्तिय समानिकरणमा प्रक्षेपण गरेको रु १४ करोड ९७ लाखमा शितगंगा नगरपालिकामा १३ करोड ९ लाख मात्र बजेट आएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनु भयो । यस्तै संघिय राजस्व बाडँफाड तर्फ १५ करोड २ लाख आउनु पर्ने मा ११ करोड ८ लाख मात्र बजेट आएको छ । यस्तै प्रदेश राजस्व बाँडफाड तर्फ शितगंगा नगरपालिकामा २ करोड ५० लाख आउनु पर्ने मा १ करोड ९९ लाख मात्र आएको छ ।

आन्तिरक आय तर्फ भने नगरपालिकाले अनुमान गरे अनुसारको ३ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ तर आन्तरिक राजस्व तर्फ प्रदेश र बन रोयल्टी ८० लाख अहिले सम्म नगरमा नपठाउदाँ आन्तरिक तर्फको बजेट समेत २ करोड २० लाख मात्र रहेको छ ।

यस अनुसार हेर्दा शितगंगा नगरपालिकामा यस बर्ष बित्तिय समानिकरण तर्फ १ करोड ८ लाख कमि भएको छ , संघिय राजस्व बाडँफाड तर्फ ३ करोड ९४ लाखले कमी भएको छ । प्रदेश राजस्व बाँडफाड तर्फ ५० लाख र आन्तरिक राजस्व प्राप्ति तर्फ १ करोड ३० लाख गरि यो बर्ष शितगंगा नगरपालिकाको संघ र प्रदेशबाट प्राप्त हुनु पर्ने ७ करोड ३३ लाख बजेट प्राप्त नहुँदा हरेक योजना तथा कार्यक्रमको भुत्तानीमा समस्या भएको छ ।


सरकारबाट बजेट नआँउदा अहिले शितगंगा नगरपालिकाले जनप्रतिनिधी, कर्मचारी र बालबिकास सहजकर्ताको तलव ३ महिना देखि दिन सकेको छैन यस्तै वडाको प्रशासनिक खर्च नगरले दिन सकेको छैन समपुरक बाहेकका ठुला योजना सम्पन्न भए पनि रकम भुत्तानी हुन नसक्दा ठेकदार तथा उपभोत्ता समिति मर्कामा परेका छन । नगरपालिकाले नगरकै एक मात्र ज्योती भबिश्वर बहुमुखी क्याम्पनको रकम दिन सकेको छैन ।

अधुरा बिद्यालय भवन निमार्ण, अधुरा सहकारी भवन लगायतका योजना बिभिन्न उपभोत्ता समितिका योजनाहरु गरि १२० भन्दा बढी योजना अहिले सम्पन्न भए पनि भुत्तानी हुन सकेको छैन । शितगंंगा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को योजना कार्यन्वयनको अन्तिम चरणमा छ । ठुलो क्षेत्रफल र धेरै योजना हुँदा सबै साना ठुला योजना सम्पन्न हुनै कठिनाइ हुने शितगंगा नगरपालिकामा यो आर्थिक बर्षमा गत बर्षको तुलनामा करिव २०० बढि योजना कम गरिएको थियो ।

शितगंगा नगरपालिकाका योजना शाखा अधिकृत नुमलाल खनालले यो बर्षका करिव अधिकांस योजना अन्तिम चरणमा रहेको र भुत्तानीको लागि सिफारिस भइ सकेको बताउनु भयो । नगरका योजना धेरै भए पनि सम्झौता गर्न नगरपालिकाले वडामै सम्झौता गर्ने समेत गरेको थियो यो बर्षको योजना कार्यन्वयनको चरण ९५ प्रतिशत हुने अपेक्षा छ ।


नगरपालिकामा यो बर्ष ७ करोड भन्दा बढी बजेट नआउदा यसको असर अर्को बर्षको बजेटमा समेत पर्ने प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनु भयो । सम्पन्न भएका योजना र तलव आगामी बर्ष बजेटबाट १८ नम्बर अनुसार दिनु पर्दा अर्को बर्षको बजेटमा आर्थिकभार पर्ने र यसरी नै योजना प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनु भयो । यो समस्या समाधानको एक मात्र उपाय आन्तरिक राजस्व बढाउनु मात्र रहेको खनालले बताउनु भयो ।

आगामी बर्ष शितगंगा नगरपालिकाले ३ करोड ५० लाख आन्तरिक राजस्वको लक्ष्य लिएकोमा यो बजेट समाबेस गर्न आगामी बर्ष ९ करोड भन्दा बढी राजस्व आन्तरिक रुपमा उठाए मात्र पुरा हुने भएकोले यो सम्भव नरहेको खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्