सुनवल युनाइटेडका सन्देश चापागाईको ३.९५ जीपीए नगरमै उत्कृष्ट


२३ असार २०८०, शनिबार १४:०१ मा प्रकाशित

पालिकापत्र, सुनवल ।
सुनवल –४ नवलपरासीमा अवस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्ङिङ्ग सेकेण्डरी स्कुलका सन्देश चापागाईले सुनवल नगरपालिकामै सर्वोत्कृष्ट ३.९५ जीपीए प्राप्त गरेका छन् । माध्यमिक शिक्षा परिक्षा एसर्र्इई २०७९ को हालै सार्वजनिक नतिजामा सुनवल युनइटेड नगरमै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको प्राचार्य धनराज चापागाईले बताए । विद्यालयले सुनवल नगरमा सर्वोत्कृष्ट जीपीए ३.९५ प्राप्त गर्ने विद्यार्थी सन्देश चापागाई लगायत शत प्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले विद्यार्थी र शिक्षकको अथक मिहिनेत तथा अभिभावकको निगरानीका साथ विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न विद्यालय हरतरहले लागि परेकाले यो सफलता हासिल गरिएको बताए ।
एसर्इर्इ नतिजामा मात्र नभएर नगर, जिल्ला, प्रदेश तथा राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप प्रतियोगितामा पनि विद्यालयले पटक पटक थुप्रै ऐतिहासिक सफलता प्राप्त गर्दै आइरहेको प्रिनिसपल चापागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्