समाचार प्रभावः साना किसान कृषि सहकारी र ऋणी पाण्डे विचको समस्या समाधान

सहकारीले हर्जना रकम र जेठ महिनामा बुझाएको ब्याज रकम फिर्ता गर्ने


पालिका पत्र

19 July, 2023 6:38 pm मा प्रकाशित


कपिलवस्तु, साउन ०३ ।
कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाण्गंगा ८ र ऋणी विचको समस्या समाधान भएको छ । पालिका पत्र डटकममा समाचार सम्प्रेषण भएपछि ऋणी तुल्सा पाण्डेका छोरा बिक्रम पाण्डे र साना किसान कृषि सहकारी दुवै पक्षले समस्या समाधान गरेका हुन् ।


साना किसानको खातामा गएको रकम र बिक्रम पाण्डेले बुझाएको डिजिटल भौचर भिडाए पछि समस्याको समाधन निस्किएको हो । साना किसानले ऋणी तुल्सा पाण्डेका छोरा बिक्रम पाण्डेबाट लिएको हर्जना रकम र जेठ महिनामा बुझाएको ब्याज रकम फिर्ता गर्ने गरि सहमति भएको साना किसानका संचालक समिति सदस्य हरि शंकर पौडेले बताए । उनले भने “बिक्रम पण्डेले डिजिटल भौचर साना किसानमा नदेखाएकाले समस्या उत्पन्न भएको हो ।” संचालक समिति सदस्य पौडेले कुनैपनि कर्जादाताले कर्जाको ब्याज मोवाईल बैंकिङ्ग मार्फत भुक्तानि गरेका एक पटक कार्यालयमा जानकारी गराउन आग्रह गरे ।


ऋणी तुल्सा पाण्डेका छोरा बिक्रम पाण्डेले साथि मार्फत जेठ महिनाको ब्याज मोवाईल बैंकिङ्ग गरि साना किसानको खातामा पठाएको देखिन्छ । उक्त रकम साना किसानले कहाँ बाट आएको भन्ने एकिङ नगर्दा समस्या उत्पन्न भएको थियो ।


बाणगंगा ८ की तुल्सा पाण्डेको नाममा रहेको कर्जाको विषयमा उनका छोरा बिक्रम पण्डे प्रत्यक महिना ब्याज बुझाउँदै आएका थिए । उनले जेठ महिनाको ब्याज आफुले साथिको खाता मार्फत साना किसानको खातामा दाखिला गरेको तर साना किसानले त्यसलाई ब्याज नकटाई बङ्ग्याउन खोजेको आरोप लगाएका थिए । साथै पाण्डेले जेठ र असार महिनाको व्याज, हर्जना सहित बुझाएको रसिद बोकेर पालिका पत्रको डेक्समा पुगेका थिए ।

यो पनि पढ्नुहोसः

प्रतिक्रिया दिनुहोस्