बाणगंगाका १ सय ६३ घर डुबानमा, तत्काल राहतमा जुट्न नगर प्रमुख अर्यालको आग्रह


पालिका पत्र

९ श्रावण २०८०, मंगलवार १८:४९ मा प्रकाशित


कपिलवस्तु, साउन ०९ ।
गएराति देखी परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगपालिकामा १ सय ६३ घर डुबानमा परेका छन् । बाणगंगाको वडा न.७ र ८ मा पर्ने प्रगति टोल, चौरी गाउँ, शान्ति टोल, पुल चोक , उत्तर र सिसनिया लगायतका क्षेत्रका घरहरु डुवानमा परेका हुन ।


डुवान बाट क्षति भएका परिवारलाई तत्काल राहतको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले पिडित परिवारलाई राहतको व्यवस्था गर्ने निणर्य गरेको नगरप्रमुख चक्रपाणि अर्यालले बताए । विपदको घटनाप्रति दुः ख व्यक्त गर्दै प्रमुख अर्यालले एक विज्ञप्ती जारी गर्दै सम्पुर्ण वडा, टोल विकास संस्था, विभिन्न संघ संस्था तथा व्याक्तिहरु लाई राहातमा सहयोग गर्न अपिल गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘वर्षायाम नसकिसकेको र डुवान तथा बाढीका कारण पुनः विपद्का घटना दोहोरिन सक्ने भएकोले सबैलाई सावधान रहन र थप क्षति हुन नदिन व्यवस्थापन मिलाउनुहुन सबैमा आग्रह गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्