बुद्धभूमि नगरपालिकाः आखाँ पाक्ने र डेंगु रोगको निःशुल्क चेक जाँच गर्दै


पालिका पत्र

३२ श्रावण २०८०, बिहीबार १६:४५ मा प्रकाशित

बुद्धभूमि, साउन ३२ । गर्मी मौसम संगै आखाँ पाक्ने र डेंगु रोगका विरामीको संख्या बढेका छन। दुई साता यता आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको आँखा रोग विशेषज्ञहरू जनाउँछन् । डेंगु र आखाँ पाक्ने रोगको प्रकोप बढ्दै गईरहेका बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले निशुल्क चेक जाचको व्यवस्था गरेको छ। नगरबासीको स्वास्थ्यमा पालिका सधै गम्भीर रहेको बताउदै पालिकाले नगरबासिका लागि निशुल्क चेक जाचको व्यवस्था मिलाएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो। नगरपालिकाको ल्याब रहेको स्वास्थ्य चौकीमा डेंगुको निशुल्क चेकजाच हुने उहाँले बताउनुभयो।

‘व्यक्तिगत तवरबाट डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरपर पानी जम्न नदिने, झारी बढ्न नदिने, सङ्क्रमित व्यक्तिलाई टोक्न नदिने कुरामा विशेष ध्यान दिए पनि डेंगुको संक्रमणबाट बच्न सकिने बुद्धभुमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु देव खनालले बताउनुभयो। यस समयमा खेतबारीमा काम व्यस्त हुने र व्यक्तिको सरसफाइमा ध्यान नपुग्दा भाइरसले चाँडो आक्रमण गर्ने खनालले बताउनुभयो ।

‘आँखा रातो हुनु, कोश सुनिनु लगायतका समस्या देखिनु भनेको भाइरलका कारण मात्रै सङ्क्रमण भएको ठोकुवा गर्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘ब्याक्टेरिया सङ्क्रमण हुँदा पनि आँखा रातो हुने, आँखाको कोशहरू सुनिन सक्छ । त्यसैले जाँच गराउन जरुरी छ ।’ उहाँले आँखा पाक्ने रोग विषयमा जनचेतना तथा अन्य काम निरन्तर गरिरहेको बताउनुभयो।

नगरपालिकाले वातावरण मैत्री औषधि प्रयोग गरी लार्भा नष्ट गर्ने कार्ययोजना अघि बढाउने समेत बताएको छ । वातावरणमैत्री औषधि प्रयोग गरिने भएकाले यसले अन्य कुनै पनि किटजन्य किरालाई नोक्सान नगर्ने पालिकाको जिकिर छ । नगर प्रमुख श्रेष्ठले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झूल टाँगेरमात्र सुत्न नगरवासीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्