कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा


पालिका पत्र

४ भाद्र २०८०, सोमबार ११:०७ मा प्रकाशित

कपिलवस्तु, भदौ ४ । कपिलवस्तुका थारु समुदायले विशेष रुपमा मनाउने र अन्य हिन्दु समुदायको समेत चाड रहेको नागपञ्चमीको अवसरमा कपिलवस्तुका ७ पालिकाले सार्वजनिक विदा दिएका छन् भने ३ पालिकाले विदा दिएनन् । आज नाग पञ्चमीको अवसरमा कपिलवस्तुका ७० प्रतिशत स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । आज देशैभर नागको पूजा, आराधना गरी यो पर्व मनाईदै छ ।

पर्वको अवसर पारेर जिल्लाको बाणगंगा ,कपिलवस्तु, शिवराज, महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन, विजयनगर र यशोधरा गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् । विदाका दिन अति आवश्यक सेवा बाहेक पालिकाका सम्पूर्ण काम आज हुने छैनन् । पालिका अन्तर्गतका सम्पूर्ण वडा, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने छन् यी पालिकाले विज्ञप्ति मार्फत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्