शितगंगामा बजार अनुगमन, म्याद गुज्रेका समग्री व्यप्त भेटिए


पालिका पत्र

११ भाद्र २०८०, सोमबार २१:०७ मा प्रकाशित


विकाश घिमिरे, भदौ ११ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाले सोमवार वडा न. २ का बिभिन्न स्थानमा बजार अनुगमन गरको हो ।


नगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुज्रेका समग्री व्यप्त मात्रमा भेटिएका छन् । अनुगमन टोलिले त्यस्ता समग्री बरामद गरेर नष्ट गरेको छ । टोलिले घरेलु मदिरा, पेय पर्दाथ र किराना समग्री र कस्मेटिकका समग्री व्यप्त रुपमा फेला परेको अनुगमन समितिका संयोजक अजय यादवले बताए । उनले विभिन्न पसललाई जरिवाना समेत गरेको जानकारी दिए । जरिवाना बाट रु ५ हजार ५ सय जम्मा भएको जनाईएको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण नभएको पनि पाईएको छ । त्यस्ता पसलहरुलाई दर्ता तथा नविकरणका लागि सुझाईएको छ । नगरपालिकाको आयोजनामा भएको अनुगमनमा उद्योग बाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्