यशोधरामा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत


पालिका पत्र

२० भाद्र २०८०, बुधबार १९:०१ मा प्रकाशित

कपिलवस्तु, भदौ २० ।

यशोधरा गाउंपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई गाउंपलिकामा स्वागत गरिएको छ । गाउंपालिकाका अध्यक्ष शिव दयाल तिवारी, उपाध्यक्ष गुन्जा देवी मौर्य, निमित्त कार्यालय प्रमुख अब्दुल सलाम लगायतका कर्मचारी तथा जनप्रतिनिधीहरुले प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत गरेका हुन् ।

ढकाल यसा गाउंपालिकामा तेस्रो पटक सरुवा भई आएका हुन् । गाउंपालिका क्षेत्रको अनुभव, शान्त, शालीन तथा सवै संग मिल्न सक्ने हाकिमका रुपमा परिचित ढकाललाई गाउंपालिकाका अध्यक्ष लगायतका पदाधिकारीहरुले पालिकाको प्रमुखको पदका लागि सहमति दिएका हुन् ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ढकालले आगामी आफ्नो कार्यकालमा जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका नेता तथा गाउंपालिकावासीसंग समन्वय गरेरै आफु अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम पालिकाका प्रशासन प्रमुख रेशम राज शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्