शिक्षक सरुवाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई


पालिका पत्र

२७ भाद्र २०८०, बुधबार १२:४२ मा प्रकाशित

भदौ २७ । सरकारले शिक्षक सरुवाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले सरुवा गर्न सक्ने व्यवस्था उल्लेख छ।

‘स्थानीय तहले सोही स्थानीय तह अन्तर्गतको एक सार्वजनिक विद्यालयबाट अर्को सार्वजनिक विद्यालयमा तथा एक स्थानीय तहले अर्को स्थानीय तहमा सरुवा गर्न
सक्ने व्यवस्था गरिएको छ,’विधेयकमा उल्लेख छ।

त्यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्ने व्यवस्था छ।

एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सहमतिको आधारमा सरुवा गर्नु पर्ने, पदपूर्तिको लागि विज्ञापन भएको वा पदपूर्तिका लागि माग गरी पठाएको भएमा सो पदमा सरुवा गर्न नसकिने व्यवस्था राखिएको छ।

प्रतिक्रिया दिनुहोस्