बड्की आइतबारीको दिन बाणगंगामा विदा


पालिका पत्र

५ आश्विन २०८०, शुक्रबार १४:५९ मा प्रकाशित

कपिलवस्तु, ०५ असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले बड्की आइतबारीको अवसरमा स्थानिय विदा दिने भएको छ । असोज ७ गते आइतबारका दिन बाणगंगाले स्थानिय बिदा दिएको हो ।

सो दिन कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, सामुदायिक तथा सस्थागत बिद्यालय बिदा हुने छन भने अत्यवाश्यक बाहेकका स्वास्थ्य सेवा पनि बन्द हुने पालिकाले जनाएको छ ।

यसैबिच बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले बड्की आइतबारीको अवसरमा नगरबासी सबैलाई शुभकामना प्रदान गरेकि छन् ।

प्रतिक्रिया दिनुहोस्