झण्डै डेढ महिना हाकिम विहीन भएको बाणगङ्गामा मरासिनी हाजिर


पालिका पत्र

८ आश्विन २०८०, सोमबार २०:२२ मा प्रकाशित

असोज, ०८ । प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको कपिलवस्तुको बाणगङ्गा  नगरपालिकामा झण्डै डेढ महिनाको अन्तरालमा भक्तिराम मरासिनी आएका छन् । उनलाई सोमबार नगरपालिकामा स्वागत गरिएको छ भने मरासिनीले कार्यभार समेत सम्हालेका छन् ।


छोटो समयमा हाकिमको सरुवा हुने वाणगङ्गामा आएका मरासिनी यस अघि सुनवल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका थिए ।

वाणगङ्गामा रहेका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल प्यूठानको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएपछि वाणगङ्गामा प्रदेशको मुख्यमन्त्री कार्यलयका उपसचिव यमकान्त पाण्डे प्रमुख प्रशासकीय अधिकृतका रुपमा मन्त्रालयबाट खटाइएको थियो । तर उनले यहाँको बेमेलको सुइको पाएपछि वाणगङ्गामा आउन चाहेनन् । फलस्वरुप वाणगङ्गामा मरासिनी सुनवल नगरपालिकाबाट कार्यभार सम्हाल्न हाजिर भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई नगर उपप्रमुख  रीता चौधरी र निमित्त प्रशासकीय अधिकृत राजकुमार तिवारी सहित कर्मचारीले स्वगत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्