विश्व फार्मेसी दिवसको अवसरमा कपिलवस्तु बाल गृहमा सहयोग, प्रजिअलाई ध्यानाकर्षण


पालिका पत्र

९ आश्विन २०८०, मंगलवार ०८:१० मा प्रकाशित


असोज ०९ ।  नेपाल फार्मेसी संघ कपिलवस्तुले कपिलवस्तु बाल गृहमा खाद्यान्न वितरण गरेको छ । संघले विश्व फार्मेसी दिवसको अवसरमा बाल गृहमा खाद्यान्न वितरण गरेको हो । 


संघले सोमवार दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएको छ । संघले जिल्लामा पहिलो चरणको कार्यक्रम अनुसार अनधिकृत सञ्चालित फार्मेसी हरू तथा स्वास्थ्य सस्थाहरू, राज्य स्तरबाट सञ्चालित स्वास्थ्य संस्थाहरूका फार्मेसी हरूको पनि सूक्ष्म अनुगमन गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । 


ध्यानाकर्षण पत्र बुझ्दै  प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले अनधिकृत सञ्चालित फार्मेसीहरूको अनुगमन तथा नियन्त्रणमा तुरुन्तै लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनताको प्रत्यक्ष स्वास्थ्य सँग जोडिने विषय भएकाले सबैलाई यस्ता मापदण्ड पुरा नगरी सञ्चालित फार्मेसीहरू सँग सजग रहेर सेवा लिन आग्रह गरे । 


यस्तै संघले दिवसकै अवसरमा दीप प्रज्वलन गरी मनाएको छ । संघले जिल्लाको तौलिहवामा रहेको भिक्षु चोकमा दीप प्रज्वलन गरेको । कार्यक्रममा संघका प्रदेश अध्यक्ष गोविन्द तिवारीले फार्मेसी पेसालाई मर्यादित बनाउनका लागि सम्पूर्ण फार्मासीष्ट तथा साहयक फार्मासीष्टहरुलाई आग्रह गरेका छन् । उनले अव फार्मासीष्ट तथा साहयक फार्मासीष्टहरु एक भएर जनताको सेवामा सर्मपित हुनुपर्नेमा जोड दिए । 


कार्यक्रममा संघका कपिलवस्तु अध्यक्ष रमेश शर्माले जिल्लामा भर्खर मात्र स्थापना भएको सङ्घलाई सबैले हातेमालो गरेर स्थापित गर्न तर्फ लाग्नु पर्ने बताए ।  उनले संस्थागत हकहित तथा जनताको सेवाका लागि फार्मेसी पेसा महत्वपूर्ण भएको बताउँदै पेसालाई सेवा सँग जोड्न फार्मासीष्ट तथा साहयक फार्मासीष्टहरुलाई आग्रह गरे ।


कार्यक्रममा संघका केन्द्रीय सदस्य धुर्व कुमार शर्मा, प्रदेश अध्यक्ष गोविन्द तिवारीको आतिथ्यता, संघका जिल्ला अध्यक्ष रमेश शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव डा. बिक्रम घिमिरेले गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्