सन्धिखर्क नगरपालिकाले जोड्यो १२ वटै वडा कार्यालय र मुख्य क्षेत्रमा सीसी क्यामेरा


पालिका पत्र

१३ आश्विन २०८०, शनिबार १८:५० मा प्रकाशित

अर्घाखाँची, असोज १३ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका ६४ स्थानमा सिसी क्यामेरा जडान गरेको छ । नगरपालिकाको कार्यालय वरिपरि, १२ वटै वडा कार्यालय, सन्धिखर्क र चुत्राबेसी बजारका मुख्य मुख्य चोक तथा गल्लीका साथै धार्मिक तथा पर्यटकीय स्थलमा सीसी क्यामेरा जडान गरेको नगरपालिकाका रोजगार शाखा संयोजक हिरामणी पराजुलीले बताए ।

नगरका विभिन्न स्थानमा हुने चोरी, डकैती, घटना, दुर्घटनामा कमी गर्न तथा घटना भैहालेमा जानकारी लिन तथा नगर र वडा कार्यालयमा सुशासन कायम गर्न सहजताका लागि नगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

बजारका मुख्य चोक, गल्ली, सुरक्षा संवेदनशील क्षेत्र, सबै वडा कार्यालयका साथै धार्मिक तथा पर्यटकीय स्थलहरू सुपा देउराली मन्दिर,अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय र मथुराधाममा पनि क्यामेरा जडान गरिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत विशाल महतले बताए ।

सीसी क्यामेरा जडानपछि चोरी, डकैती तथा अन्य अपराधिक क्रियाकलापका झण्डै एक दर्जन घटना पत्ता लागेका छन्। विभिन्न स्थानमा बुलेट क्यामेरा ४९ वटा, अटोमेटिक नम्वर पिलेट रिडर क्यामेरा ६ वटा, पिटिजेट क्यामेरा १० वटा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्