पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन


पालिका पत्र

१४ आश्विन २०८०, आईतवार २०:४४ मा प्रकाशित

तानसेन, असोज १४ । पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको तानसेनमा भएको भेलाले कर्मचारी मञ्च गठन गरेको हो ।

भेलाले तानसेन नगरपालिकाका शिव शर्माको संयोजकत्वमा ११ सदस्यीय मञ्च गठन गरेको हो । जसको सह– संयोजककमा निस्दीका सरोज काफ्ले, सचिवमा रामपुरका विकल काफ्ले, कोषाध्यक्षमा बगनासकालीकी शर्मिला न्यौपाने, सह सचिवमा रिब्दीकोटका काशिनाथ आचार्य रहेका छन् ।

यस्तै मञ्चको सदस्यमा बगनासकालीका नारायण तिमिल्सिना, रैनादेवी छहराका किशोर खानाल, रिब्दीकोटका कमल श्रीस, तानसेनका विशाल ओली, माथागढीका प्रमोद भट्टराई, तिनाउका तिलक जिसी, रम्भाकी धनीकला थापा, रामपुरका विक्रम बस्नेत, पूर्वखोलाकी शर्मीला चौधरी, निस्दीकी विमला आचार्य रहेका छन्।

भेलाले मञ्चको सल्लाहकार संयोजकमा विनोद नेपाल, सल्लाहकार सदस्यहरुमा अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपीला न्यौपाने र हरी प्रसाद पराजुलीलाई चयन गरेको छ ।

नवगठित मञ्चले सबै स्थानीय तहमा पालिका स्तरीय मञ्च गठन गर्ने, स्थानीय तहमा कर्मचारीहरुको सरुवा, बढुवा, स्तर वृद्धिलगायतका विषयमा काठमाडौंमा भइरहेको आन्दोलनमा एकयवद्धता जनाउने, कर्मचारीहरुका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने, कर्मचारीहरुको वृद्धि विकासमा योगदान पु¥याउने काममा निरनतर लाग्ने लगाएतका निर्णय भएको बगनासकाली गाउँपालिकामा कार्यरत नारायण तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्