‘कम्प्युटर  इन्जिनियरिङ् शिक्षा अहिलेको मुख्य आवश्यकता’


पालिका पत्र

२१ आश्विन २०८०, आईतवार ०९:५८ मा प्रकाशित



असोज २१ । 
वाणगङ्गामा कम्प्युटर इन्जिनियरिङ् शिक्षाको महत्व विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कपिलवस्तुमै पहिलो कम्प्युटर इन्जिनियरिङ् शिक्षाको पढाई हुने वडा न. ५ मा रहेको महेन्द्र माध्यामिक विद्यालयले अन्तरक्रिया गरेको हो ।  

शनिवार बाणगङ्गाका वडा न. ७ र ८ का विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक तथा अभिभावक सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

बाणगङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर शिक्षा आजको मूल आवश्यकता रहेको बताए । उनले जिल्लामै एक मात्र कम्प्युटर इन्जिनियरिङ् शिक्षाको पढाइ वाणगङ्गामा सरकारी तवरबाट सञ्चालनमा आउनु गौरवको कुरा भएको बताए । 


उनले यस्तो मुल आवश्यकता रहेको शिक्षा बाणगंगाका विद्यार्थी लगायत जिल्लाका इच्छुक विद्यार्थीले लिन पाउनुनै भाग्यशाली सम्झनु पर्ने बताए । उनले यो शिक्षा लिन अव जिल्ला बाहिर जानु नपर्ने भएको बताए । 

जिसीले अव बाणगंगाको कोपवामा भर्ना खुलेको समयमा यो शिक्षामा इच्छुक विद्यार्थी भाइबहिनीलाई भर्ना भएर शिक्षा आर्जन गर्नुहुन आग्रह गरे ।

यो कम्प्युटर इन्जिनियरिङ् शिक्षा कक्षा ९ देखी सुरु भएर कक्षा १२ सम्म पढ्न सकिने विद्यालयका प्रधानअध्यापक तनु श्री भण्डारीले जानकारी दिइन । उनले कम्प्युटर इन्जिनियरिङ् पढेपछि एब.वि.वि.एस पढ्न नपाइने तर बायो टेक्नोलजी र मेनो टेक्नोलजी लगायतका टेक्निकल शिक्षा र अन्य शवै विषयमा उच्च शिक्षा हाँसील गर्न सकिने बताइन् । 

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिता चौधरीको अध्यक्षता रहेको रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रदिप पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रम ६ वटा विद्यालयका करिब ७० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्