छाडा चौपाया व्यवस्थापनका लागी नगर प्रवक्ता पौडेलको संयोजकत्वमा ९ सदस्य समिति गठन

यसै आर्थिक वर्ष भित्र अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने


पालिका पत्र

२४ आश्विन २०८०, बुधबार १५:१३ मा प्रकाशित

बाणगङ्गा, २४ असोज । 
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले नगर प्रवक्ता  विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्य छाडा चौपाया व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरूमा जनप्रतिनिधि बाट बाणगङ्गा वडा न. ६ का वडा अध्यक्ष करुण टण्डन, वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्याल र वडा न. ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेल रहेका छन् । कार्यपालिका सदस्यबाट पिताम्बर सुनार र पार्वती सुनार रहेका छन् । 

त्यस्तै कर्मचारीबाट प्रशासन शाखा प्रमुख केशव भट्टराई सदस्य सचिव रहने गरी पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, आर्थिक प्रशासन शाखा प्रमुख  रहने गरी समिति गठन गरिएको हो । 


 यो समितिले छाडा चौपाया व्यवस्थापन काम गर्ने जनाईएको छ । यसअघि छाडा चौपाया व्यवस्थापनका लागि  नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले पालिका पत्र सँगको कुराकानिमा यसै आर्थिक वर्ष भित्र अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने बताएका थिए ।  नगरवासीका मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन जसरी पनि गरिने छ, उनले भनेका छन् । 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्