तिन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागी वडाध्यक्ष रेश्मीको संयोजकत्वमा ७ सदस्य समिति


पालिका पत्र

२४ आश्विन २०८०, बुधबार १६:५५ मा प्रकाशित


बाणगंगा नगरपालिकाले वडा न. ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्य तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समिति गठन गरेको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा न. १  का वडा अध्यक्ष सन्जु सारू मगर, वडा न. ८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

यस्तै कर्मचारीको तर्फबाट सदस्य सचिव रहने गरि राजस्व शाखा प्रमुख मदन घिमिरे, वाणगङ्गामा रहेका ई रिक्सा समितिका दुईजना सदस्य तथा ट्राफिक एकजना रहेका छन् ।

संयोजक रेश्मीले तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनमा समितिले भोलि देखिनै कामको थालनी गर्ने बताए । उनले भने “अटो तथा इ– रिक्साको पार्किङ व्यवस्थापन गर्ने, यात्रुहरू ठगिनबाट जोगाउन सचेतना गर्ने, दुर्घटना न्यूनिकरणमा समेत यो समितिले काम गर्ने छ ।” 

प्रतिक्रिया दिनुहोस्