सर्पले डसेर दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरको राहत


पालिका पत्र

२४ आश्विन २०८०, बुधबार १६:५८ मा प्रकाशित


कपिलवस्तुको बाणगङ्गाको वडा न. ९ मा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरपालिकाले राहत प्रदान गर्ने भएको छ । नगरे राहत स्वरुप उनीहरूको परिवारलाई रु ३५ हजार प्रदान गर्ने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । 


वडा नम्बर ९ को  भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरू ३ वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीलाई असोज १६ गते राति सर्पले डसेको हो । उनीहरु दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्