डाक्टर बन्न दाङको राजपुर गाउँपालिकाले छात्रवृत्ति दिने


पालिका पत्र

४ कार्तिक २०८०, शनिबार ०७:४६ मा प्रकाशित

दाङ, कात्तिक ०४ । राजपुर गाउँपालिकाले एमवीवीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले एमवीवीएस अध्ययन गर्ने विद्यार्थीको आर्थिक सहयोगको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेयका अनुसार पालिकाले छात्रवृत्तिका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमबाट एमवीवीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उनले पालिका पत्रलाई बताए ।

गाउँपालिकाभित्र कम्तीमा पनि १० वर्ष स्थायी रुपमा बसोबास गर्ने व्यक्तिलाई एकमुष्ठ पाँच लाख रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने उनको भनाइ छ । दुर्गम क्षेत्रको पालिका भएकाले आर्थिक सहयोगको लागि गाउँपालिकाले सो निर्णय गरेको उनले बताए । छात्रवृत्तिका लागि गाउँपालिकाले आवश्यकताको आधारमा बजेट विनियोजन गर्न सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्