शितगंगामा स्क्रब टाइफसका बिरामी चिसो भूइमै उपचार गराउन बाध्य

अस्पतालको ब्यस्थापनमा छैन चाँसो


पालिका पत्र

१५ कार्तिक २०८०, बुधबार १०:५० मा प्रकाशित

शितगंगा, कात्तिक १५ ।
शितगंगा नगरपालिकामा बिगत १ महिना देखि स्क्रब टाइफसको महामारी जस्तै छ । हरेक दिन बिरामी भर्ना हुने गरेका छन । शितगंगा नगरपालिकाको प्रमुख स्वास्थ सस्थाको अबस्था दयनिय हुँदा धेरै बिरामी मर्कामा छन । मंगलबार अस्पतालबाट डिस्चार्ज भएका बाहेक अहिले पनि १२ जना बिरामी भर्ना भएका छन । अस्पतालमा बिरामी बस्ने ब्यवस्थापन नभए पनि बाध्यताले बिरामी भर्ना भएका छन अहिले वडा नम्बर २ ,३,४,१०,५ र ६ नम्बर वडाका बिरामी अस्पातलमा भर्ना भएर उपचार गराइरहेका छन ।

नगरपालिकाले ठोसरुपमा यस अस्पतालको ब्यस्थापनमा चाँसो नदिँदा जनता मर्कामा परेका छन तर जनप्रतिनिधीको यसमा ध्यान जाने गरेको छैन । अस्पतालमा हुने ब्यवस्थापनको बारेमा अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष बाहेक अरुले कुरा उनउठाउने गरेको कार्यपालिका सदस्यले बताएका छन ।

नगरकै प्रमुख अस्पताल भए पनि यो अस्पतालमा बिभिन्न अप्ठेरोमा बजेट माग गर्दा अन्य बडा अध्यक्षले आफ्नो वडामा भएका स्वास्थ चौकीहरुमा समान भागभण्डा खोज्ने गरेको गुनासो कार्यपालिका श्रोतको भनाइ छ । बिगत १ महिनामा डेंगु र स्क्रबटाइफसका ७६ जना ३ दिन देखि ५ दिन सम्म भर्ना भएका छन ।

यि मध्ये २ जना जटिल मध्येका बुटवल रिफर गरिएको छ अन्यको यही उपचार पछि द्धर फर्किएका छन प्राथमिक स्वास्थ केन्द्रको ३ बेड को ब्यवस्थापन सहित सुबिधा हुने गरे पछि बिरामीको चाँप बढी छ । अस्पतालमा अभाव भएका वेड खरिद गर्न नगरपालिकाले कुनै सहयोग गरेको छैन । दैनिक सयौ जनताले सेवा लिने यो अस्पतालमा ल्यावमा समेत कर्मचारी अभाव छ ।

बिगत लामो समय देखि ल्याव एक जना कर्मचारीको भरमा छ एक दिन बिदा बस्दा सयौ बिरामी प्रभाबित हुँदा समेत नगरपालिकाले कुनै चाँसो नदिएको भन्दै आउने बिरामी समेत आक्रोसित हुने गरेका छन । स्क्रब टाइफसका बिरामी बढे सँगै औषधीको समेत अभाव भएको छ । बिहान बेलुका पटक पटक महगों औषधी चलाउनु पर्छ अहिले अस्पतालमा त्यो औषधी छैन दिनमा १५ सय २ हजारको औषधी किनेर चलाउनु पर्ने बाध्यतामा जनता छन । बिरामीहरु सुत्ने ठाँउ छ तर जाडोमा टाडाबाट आृनेहरु लाई ओड्ने कपडा प्राप्त मात्रमा अस्पतालमा नहुँदा बिरामी झनै बिरामी पर्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्