भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार ०७:३६ मा प्रकाशित

जाजरकोट, कार्तिक १८ । गएरातीको भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्