भूकम्प पिडितहरुको लागि बुद्धभूमि र कपिलवस्तु को ५/५ लाख सहयोग


पालिका पत्र

२० कार्तिक २०८०, सोमबार १२:२५ मा प्रकाशित

कपिलवस्तु, कार्तिक २० । कपिलवस्तुको बुद्धभुमि र कपिलवस्त नगरपालिकाले पनि भुकम्प पिडितहरुको लागि सहयोग गर्ने भएका छन । बुद्धभुमि नगरपालिकाले ५ लाख ५ हजार ५ सय ५५ र कपिलवस्तु नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको हो ।

आज बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन । त्यस्तै बुद्धभुमिका नगर प्रुमख केषव कुमार श्रेष्ठ र कपिलवस्तुका नगर प्रमुख सुदिप पौडेलले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय सङ्कट लाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पुर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

यता शुक्रवार राती जाजरकोट र रुकुमका भूकम्प प्रभावितबाट भएको जनधनको क्षेती प्रति कपिलबस्तु नागरिक समाजले दुख व्यक्त गरेको छ ।

नागरिक समाजका अध्यक्ष दोलखबाहादुर पक्षाईले भूकम्पबाट ज्यान गएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय सङ्कट लाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पुर्ण पक्षलाई सक्ने सहयोग गर्न समेत आग्रह गर्नु भयो । साथै उहाँले सरकारको निकायबाट घाइतेको शीघ्र उपचारको व्यवस्था लिाउन अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्