ढिलो आउने कर्मचारीलाई मेयरद्वारा फूलले स्वागत !


पालिका पत्र

२१ कार्तिक २०८०, मंगलवार १३:३४ मा प्रकाशित

दाङ, कात्तिक २१ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ ।

पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो।

ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

एक दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिनुभयो । ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्