१५औं वर्ष प्रवेशसँगै १४औं कपिलवस्तु महोत्सवको दुर्त तयारीमा बाणगंगा वेयलफेयर सोसाइटी


पालिका पत्र

४ मंसिर २०८०, सोमबार ०८:२० मा प्रकाशित

जितपुर, मंसिर ०४ । कपिलवस्तुको बाणगंगाका युवालाई संगठित गर्दै विभिन्न उद्यमशीलता, मार्फत स्वरोजगार गराउँदै उद्योग, व्यवसायहरुको संरक्षण प्रवद्र्धन गर्न वि.स. २०६६ देखि सक्रिय बाणगंगा वेयलफेयर सोसाइटी १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६६ मंसिर ३ गते स्थापित वेयलफेयर सोसाइटी १५ औं वर्ष प्रवेशको अवसरमा एक कार्यक्रमको आयोजना गरी एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवमा बोल्दै बाणगंगा वेयलफेयर सोसाइटीका संस्थापक अध्यक्ष समाजसेवी विष्णु थापाले कपिलवस्तु जिल्लामा रहेका बिभिन्न उद्योग, व्यवसायहरुको संरक्षण, प्रबद्र्धन गर्न, खेलकुद, सांस्कृतिक पर्यटन तथा कृर्षिको विकास तथा प्रर्वद्धन गरी उद्योगी व्यापारी खेलाडी कृषक जनमानसमा मैत्रिपूर्ण भावनाको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जिल्लामा छुट्टै पहिचान स्थापित गर्न सफल सोसाइटीले १४ औं कपिलवस्तु महोत्सव आयोजना गर्नु अत्यन्तै हर्षको कुरा भएको बताए ।

वेयलफेयले राष्ट्रिय अर्थतन्त्रको सुदृष्किरणमा अनवरत योगदान गर्दै उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण गर्न, अर्थतन्त्रमा सकरात्मक योगदान गर्न, उत्पादक र व्यावसायीहरुलाई बजारीकरणमा सहयोग पु¥याउन, जिल्लाका ऐतिहासिक पुरातात्वीक, पर्यटकीय तथा परम्परागत शीप प्रविधि संस्कृती तथा सम्पदाहरुको जगेर्ना गर्न युवाहरुको माध्यमबाट खेलकुद सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउन सक्रिय भएर लागेको बाणगंगा वडा नं. ४ का निवर्तमान अध्यक्ष तथा सोसाइटीका सल्लाहकार गणेश बहादुर क्षेत्रीले बताए ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपील)ले देशको अर्थतन्त्र गम्भीर मोडमा रहेको अवस्थामा बाणगंगा वेयलफेयर सोसाइटीले महोत्सव आयोजना गर्नु अत्यन्तै स्रहाहनीय भएको र आफूहरुले पूर्ण सहयोग गर्ने बताए ।

व्यवसायीहरुलाई बजारीकरणमा सहयोग पु¥याउन जिल्लाका ऐतिहासिक पुरातात्विक, पर्यटकीय तथा परम्परागत सीप प्रविधि संस्कृति तथा सम्पदाहरुको जगेर्ना गर्न कपिलवस्तु महोत्सवले महत्पूर्ण योगदान गर्ने समाजसेवी शंकर पाण्डेले बताए ।

बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले २०६५ साल देखि प्रारम्भ गरिएको कपिलवस्तु महोत्सव सोसाईटीले तेस्रो, पाचौं, सातौ, नवौं र एघारौं महोत्सव सफलतापुर्वक सम्पन्न गरिसको बताउँदै १४ औं कपिलवस्तु महोत्सवको मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना गर्न लागेकोले सबैलाई रचनात्मक सहयोगको लागि अपिल गरे । खाँणले महोत्सव स्थलमा स्टल निर्माण लगायतका अन्य काम दुर्त गतिमा अघि बढेको बताए ।

महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा (दिनेश)ले देशमा व्यापक वेरोजगारीता र युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस क्षेत्रका युवाहरुलाई संगठीत गर्दै युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन भन्ने मुल नारा सहित सुचना र प्रविधिको प्रयोग गरि उद्योग,पर्यटन कृषि, संस्कृतीकोे प्रचारलाई मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएकोले कपिलवस्तु जिल्लावासीलाई सहयोगका लागि अपिल गरे ।

कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष पदम सेन, पूर्व सचिव लक्ष्मण पोख्रेल, सोसाइटीका पदाधिकारी तथा सदस्यहरु, श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील) लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्